बेलायतमा अन्धाधुन्ध छुरा प्रहार, तीनको मृत्यु, तीन घाइते



एजेन्सी ।

बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गरेका छन् ।

घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक लिवियाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान चलिरहेको छ । गम्भीर घाइने भएकाहरुको ३ जनाको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्