लकडाउनपछि कालुराम



सारा विश्व यतिबेला कोरोना भाइरसबाट हुने कोभिड–१९ का कारण सन्त्रस्त छ। सरकारले लकडाउनलाई लुजडाउनका रूपमा परिणत गरे पनि घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ।

यसको सीधा मार काम गरिखाने वर्गलाई परेको छ। दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर र किसानलाई अहिले दैनिकी चलाउनै हम्मे हम्मे परेको छ।

लकडाउन कहिले खुल्छ या फेरि कडारूपमा लगाइन्छ कसैले भन्न वा अनुमान लगाउन सकिरहेको छैन। लकडाउन खुलिहाले पनि फिल्म निर्माण र प्रदर्शन अन्तिम प्राथमिकतामा पर्नेछ। यस अवस्थामा पनि थुप्रै फिल्म निर्माताहरू छायांकनमा जानका लागि तयारी गरिरहेका छन्।

निर्देशक दिनेश पौडेल पनि लकडाउनपछि अवस्था सामान्य भएपश्चात् फिल्म निर्माण गर्ने तयारीमा छन्। द मस्ट वान्टेडनामक फिल्मबाट निर्देशन यात्रा शुरू गरेका पौडेलले नयाँ फिल्म कालुरामबनाउने तयारी गरेका छन्। फिल्मका लागि पौडेलले स्क्रिप्ट तयार गरेका छन् ।

तीनवटा गीतको रेकर्डिङसमेत गरिसकिएको छ। फिल्मका लागि केही कलाकार पक्का गरिसकिएको र केहीको खोजी भइरहेको जानकारी उनले गराएका छन्। कमला ढकालले निर्माण गर्ने फिल्म समसामयिक प्रेम कथामा बन्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्