एमसीसी खारेज गर्न माग गर्दै सांस्कृतिक पदयात्रा



न्युज अफ नेपाल,भक्तपुर ।

एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा कार्यक्रम भक्तपुर पुगेको छ ।हिजो शुक्रबारदेखि सुरु भएको ५ दिने यात्रा आज भक्तपुर पुगेको हो । ‘असार १२ गते दिउँसो १ बजे बसन्तपुर जाऔं, राष्ट्रघाती एमसीसी खोरज अभियानमा सहभागी बनौं’ भन्ने नाराका शुरु भएको एमसीसी खारेजको नागरिक अभियान उपत्यकाको तिनवटै जिल्लाको प्रमुख स्थानहरुमा पुग्ने छ ।

राष्ट्रिय स्वाधीनता, सह अस्तित्व तथा सुशासनका लागि काठमाडौं उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा शुरु गरिएको आयोजकको भनाइ छ ।असार ५ गते भक्तपुर जिल्लाको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको नागरिक आवाज अभियान असार १० गते सम्म निरन्तर उपत्यकाको तीन बटै जिल्लाका बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुमा पदयात्रा गर्ने नागरिक आवाज अभियानले जनाएको छ ।

पदयात्रा शुक्रवार मध्यपुरको नगदेशबाट शुरु गरी साँखु पुगेर चाँगुनारायणमा बास बसी आज भक्तपुरमा आई पुगेको छ । पदयात्रा आज पाटनको लुभु हँदै सुनाकोठी बास बस्ने नागरिक आवाज समितिले जनाएको छ ।एमसीसी खारेजको नागरिक अभियानमा उपत्यकाको तिनवटै जिल्लाको बिभिन्न सँस्कृतिक नगरतथा गाउँहरुका स्थानीय जनतालाई जागरुक गराउन पदयात्रा अभियान चलाएको अभियानका संयोजक सुमन सायमीले बताउनु भयो ।

उहाँका अनुसार यो अभियानले नेपाली नागरिकहरु नै सार्वभौमसत्ता सम्पन्न देशको वास्तविक मालिक भएको तथ्यलाई स्मरण गराउँदै र सरकारलाई आम नागरिकको हित रक्षार्थ छनौट गरिएको कामदार समूह मात्र हो भने कुरा सचेत गराउँदै आफ्नो ठाउँबाट आवाज उठाउन अपिल गरेको छ ।

पदयात्रामा नेपालको वर्तमान परिस्थितिमा आम नेपाली नागरिकले उठाएका नागरिक आवाजहरु ‘एमसीसी हामी लिदैनौ अमेरिकी गुलाम बन्दैनौ, आत्मनिर्भरताको विकास गर हाम्रो उत्पादनशील भूमिको संरक्षण गर, संस्कृति, सम्पदाको संरक्षण गर, सह अस्तित्वको सम्मान गर, गुठी स्वायत्तता स्थापित गर, सभ्यता माथिको आक्रमण बन्द गर, जन उत्तरदायित्व बहन गर, सबै भ्रष्टाचारीहरुलाई कारवाही गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नागरिक आवाजको सुनुवाई गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर हिडेका छन् ।

नेपाली नागरिकले नचाहेको एमसीसीलाई जवरजस्ती लागू गर्न खोजिरहेको, उपत्यकाका नेवाः गुठीको मर्म विपरीत गुठी विधेयक सुझाव समिति गठन गरेको, उपत्यकाको कृषिभूमि समाप्त पार्ने प्रपञ्चसहित स्मार्ट सिटी बनाउने साथै सुकुम्बासीलाई समेत यहाँको भूमि वितरण गर्ने उद्धेश्यसहित भूमि ऐन बनाई भूमि आयोग समेत गठन गरेको विरूद्धका जस्ता नाराहरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस्