आइतबार सूर्य ग्रहणमा रिंग अफ फायर देखिने



नयाँदिल्ली (एजेन्सी)

रिंग अफ फायर ( भारतमा आइतबार देखिने सूर्य ग्रहणलाई दिइएको नाम हो । पृथ्वी र सुर्यको बीचमा चन्द्रमा आउनुले ग्रहण हुनु अनौथो होइन तर यो पटक यस खगोलिय घटना अत्यन्त विशेष छ । आइतबारको सुर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई पुरै ढाक्ने छैन, सुर्यले पछाडीबाट नियाली रहेको हुनेछ । यो दृष्य चहकिलो आगोको गोलाकार घेरा जस्तै हुने छ । त्यसैले यसलाई रिंग अफ फायर नाम दिइएको हो ।
भारतमा आइतबार जुन २१ विहान ९ बजेर ५६ मिनेटमा सूर्य ग्रहण शुरु भइ ३ घन्टा २६ मिनेटसम्म देखिएने छ । यस क्रममा केही स्थानमा सुर्य ९९ दशमलव ४ प्रतिशत छेकिनेछ । यो पटक चन्द्रमासँग पृथ्वीको दुरी यो विशेष खगोलिय घटनाको कारण बन्नेछ । वास्तवमा चन्द्रमा यो बेला पृथ्वीबाट सबैभन्दा टाढा एपोगी स्थितिमा हुनेछ । त्यसैले पुरै सुर्य ढाक्न यस सक्दैन । यसअघि वेस्टर्न अष्ट्र्रेलियाको एस्ट्रोनोमी विद्यार्थी तथा फोटोग्राफर कोलिन लेगले यो दृष्य सन् २०१३ मा आफनो क्यामरामा कैद गरेका थिए ।
यो घटनामा रिंग अफ फायरको पृथ्वीको वायुमन्डलमा पनि असर पर्नेछ । जबसम्म चन्द्रमा र सुर्य दुबै सबै भन्दा उच्च परावर्तनमा पुग्दैन ग्रहण पुरा हुने छैन । यो ग्रहणलाई अफ्रिका र एसियामा प्रष्ट रुपमा देख्न सकिनेछ । यो बाहेक दक्षिण पुर्वी युरोप, उत्तरी अष्ट्रेलियामा पनि आंशिक ग्रहण देखिने छ ।

प्रतिक्रिया दिनुहोस्