मलालाले अक्सफोर्डबाट स्नातक पुरा गरिन



लन्डन (एजेन्सी)

पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनितिशास्त्र र अर्थशास्त्रमा आफनो डिग्री पुरा गरेको छ ।

शुक्रबार उनले सामाजिक सन्जालको माध्यमबाट स्नातक पुरा भएकोमा खुसियाली मनाए । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकामा तालिबान कट्टरपन्थीले मलालाको टाउकोमा गोली प्रहार गरेका थिए ।

मलालामाथि बालिका शिक्षाको समर्थन गरेकोमा उक्त आक्रमण भएको थियो । यस घटनापछि उनी विश्वभरी तालिबान क्रुरताको सिकार भएकाहरुको प्रतिक बनिन् । मलालाले आफनो भावना ब्यक्त गर्न ट्विटरमा आफनो परिवारसँग केक काटेर खुसियाली मनाइरहेको तस्वीर साझा गरेको द एक्सप्रेस ट्रिब्युटले जनाएको छ ।

उनले ट्विट गरेकी छन्, अक्सफोर्डमा आफनो फिलोसफी, पोलिटिक्स र इकोनोमिक्सको डिग्री पुरा गरेँ , मलाई धेरै खुसी लागिरहेको छ । भविष्यमा के हुन्छ मलाई थाहा छैन, अहिले त म नेटफिक्स हेरिरहेकी छु, पढिरहेकी छु र सुत्ने गरेकी छु ।

मलालाले पहिलो पटक आफनो स्नातक डिग्रीको पढाइ पुरा भएको खबर जुन ८ मा साझा गरेकी थिइन् । जब उनले युट्युब विशेषको डियरक्लासअफ२०२० मा भाग लिएकी थिइन् । मलालाले त्यतिबेला थप ४ परिक्षा दिन बाँकी रहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्