२७ दिनमा कोरोना संक्रमणमुक्त भए मोतीलाल



न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडा–९ का ५० वर्षीय मोतीलाल पोखरेलले २७ दिनमा कोरोना भाइरस (कोभिड–१९) लाई जितेपछि उहाँ आइसोलेसनबाट घरका जानुभएको छ । भारतबाट घर आउनुभएका मोतीलालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार हेटौंडा–४ को कर्रामा रहेको आइसोलेसनबाट बिदाइ गरिएको हो ।

उहाँलाई हेटौंडा उपमहानगर उपप्रमुख मीनाकुमारी लामा, आइसोलेसन इञ्चार्ज भोला चौलागाई, स्वास्थ्यकर्मीसहितले बिदाइ गरेका थिए ।जेठ १२ गते हेटौंडाको आइसोलेसनमा भर्ना हुनुभएका पोखरेलले कोरोनालाई जितेर घर जानुभएको हो । हेटौंडाको आइसोलेसनमा मकवानपुर मनहरीका ६ जना कोरोना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्