लकडाउनको समयमा गल्छीदेखि मैलुङसम्म आठ ओटा पुल निर्माण



सरस्वती न्योपाने,रसुवा ।

गेम चेन्जर प्रोजेक्टको रुपमा निर्माण भइरहेको गल्छी—त्रिशुली—मैलुङ स्याफ्रुवेशी— रसुवागढी आयोजनाको सडकमा पर्ने आठओटा पक्की पुल निर्माणको काम लकडाउन अवधिमा भइरहका छन् । विश्वव्यापी सङ्क्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) कारण अधिकांश ठाउँहरुमा कामदारको अभावमा केहि समय निर्माणका गतिविधि रोकिएपनि अहिले सुचारु भएका छन् ।

राष्ट्रिय गौरबको आयोजना भन्दा माथिल्लो दुइवटा सडक मध्येको गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी—रसुवागढी योजना भित्रको गल्छी देखि मैलुङ सम्मको आठओटा पक्की पुल निर्माण ले तिब्रता पाएको हो । यो योजना अन्तर्गत ११ वटा पुन निर्माण हुनेछ ।

सरकारले महेन्द्र राजमार्गलाई चार लेनको र गल्छी त्रिुशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडकको सहरी क्षेत्रको बट्टार विदुर ढुङ्गेमा चार लेन र अन्य भागमा डेडकेकड डबल लेन निर्माण गर्ने गरी गेमचेन्जर प्रोजेक्टको रुपमा छनौट गरेको हो । स्थानिय कामदार, भएका कारण आवश्यक सामाग्री जुटाएसँगै पुल निर्माणको कामले तिब्रता पाएको गल्छी—त्रिशुली—मैलुङ—स्यफ्रुवेशी—रसुवागढी सडक आयोजनाका प्रमुख नारायण भण्डारीले बताउनु भयो ।

धादिङ को गल्छी स्थित महेशखोला नुवाकोट कोल्पुटार स्थित कोल्पुरखोला रातामाटे स्थित ठुलो खोला, गेर्खु खोलामा पुल निर्माणको काम भइरहेको छ । यस्तै रसुवाा र नुवाकोटको सिमाना बेत्रावति स्थित फलाखु खोला, नयाँ पुल स्थित त्रिशुली नदी, रसुवाको मैलुङ स्थित ठाडोखोलामा पक्की पुल निर्माण भइरहेको छ ।

योजना प्रमुख भण्डारीका अनुसार ११ मिटर चौडाई र १० मिटरदेखि ६० मिटर लम्बाईको पुल निर्माण भइरहेको छ । ६० मिटर लम्बाईको पुल निर्माण भइरहेको छ । उक्त पुलको स्टिम ढलान, नदी नियन्त्रण पहँच सडक फुटपाथ रेलिङ निर्माण खोला स्ल्याव ढलान, जग ढलान र विन वाल लागाउने काम भइरहेको छ ।

गल्छी देखि मैलुङ सम्मका ११ स्थानमा पुल निर्माण गर्नु पर्ने भए पनि अहिले आठ स्थानमा मात्र पुल निर्माणको काम सुरु भएको छ । गल्छी देखि मैलुङ सम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले आठ स्थानमा मात्र पुल निर्माणको काम सुरु भएका छन् । नुवाकोटको देविघाट स्थित तादी खोला रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशुली खोलामा पुल निर्माण रोकिएको उनको भानाइ रहेको छ ।

मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागी पुनः डिजाइन गर्नु पर्ने र तादी खोलाको पुल निर्माणका लागी मुआब्जा विवादका कारण सुरु हुन नसकेको बताईएको छ । मैलुङमा क्यानल क्रसिङको दुईवटा पुल निर्माणका लागी १० मिटरको मात्रै डिजाईन भएको थियो । त्यहाँ ठुला—ठुुला ढुङ्गा रहेकृाले बढाउनुपर्ने हुँदा पुन डिजाइन गर्नुपर्ने देखिएको छ ।

तादी खोलामा पुल भत्काउँदा व्यक्तिको घर भत्किने हँदा उनलाई मापदण्ड अनुसार मुआब्जा दिए पनि स्थानियको विवाद ले निर्माण हुन नसकेको आयोजनाले देखाएको छ । आठ ओटा पक्की पुल निर्माणका लागी एक सय ५० जना कामदारले अहिले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाको सामाग्री प्रयोग गरेर सुरक्षित रुपमा काम भइरहेको छ भने कालिका तुन्दी हिम्डुङ एण्ड थोकर जेभि ले रसुवाको मैलुङ सम्मको पक्की पुल निर्माणका लागी ठेक्का पाएको थियो उक्त पुल अगामी पुष मसान्त सम्ममा निर्माण सम्पन्न गरिरहेको छ । पास उपलब्ध गराई निर्माण सामग्री ल्याउनका लागी सहजीकरण गरिरहेको छ ।

काठमाण्डौ—गल्छी—त्रिशुली धुन्चे स्याफ्रुवेशी रसुवागढीको दुरी एक सय ५२ किलो मिटर रहेको छ तर मैलुङबाट सडक निर्माण भएपछि त्यो दुरी २३ किलो मिटर छोटिन्छ आयोजनाको लागत नौ अर्व ५० करोड रुपैया रहेको छ , नुवाकोट सम्म निर्वाध रुपमा सामग्री ल्याउन दिएपनि रसुवा तर्फ भने कोरोना रोकथामका लागी गरिएको कडाईले समयमा निर्माण स्थलमा सामग्री पु¥याउन समस्या भएको ठेकादार कम्पनीले जनाएको छ ।

रातको समयमा मात्र आवत जावत गर्न पाइने र २४ घण्टे क्वारेन्टाइनमा सवारी राख्नु पर्दा ढिलाई हुन थालेको बताइएको छ । लकडाउनका समयमा त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी त्रिशुली मैलुङ रसुवागढी सडकको बाँकी खण्डमा तुन्दी कन्स्ट्रक्सनले कालो पत्रे गर्न सुरु गरेको छ ।

आयोजनाले अहिले सम्म धादिङ महेश खोला वारी र नुवाकोट तर्फ कोल्पुटार रातमाटे महादेवफाँट काशीटार देविघाट, पीपलटार र माझीटारु गरी २० किलोमिटर सडकको तल्लो लियर पिच गरि सकेको आयोजना ले जनाएको छ । सरकारले लकडाउनको समयमा तोकेको सर्तलाई पालना गरेर पिच गर्न थालिएको आयोजनाका योजना प्रमुख भण्डारी ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्