विलासी सौखिनको सपना मर्सिडिज बेन्ज गाडीको न्वारन



एजेन्सी ।

जर्मनीमा जन्मेको मर्सिडिज बेन्ज ब्रान्डले आफनो लामो यात्रा तय गरिसकेको छ । विलाशी तथा बहुमुखी वाहनको आफ्नो पहिचान बनाएको यो गाडीले अटोमोटिव उद्योगमा आफुलाई फ्रन्ट रनरका रुपमा स्थापित गर्दै आइरहेको छ । यो कम्पनीको स्थापना ९० बर्ष पहिला सन् १९२६ जुन २८ मा भएको थियो ।

गटलिब विह्लेम डेमलर जर्मनीका एक औद्योगिक डिजानर थिए । उनी इन्टरनल कम्बसन इन्जिन र शुरुका अटोमोबाइलको विकासमा अग्रणी मध्यका एक थिए । उनले उच्च गतिको तरल पेट्रेलियम इन्धनले चल्ने इन्जिनको पनि आविस्कार गरेका थिए । डेमलर अर्को एक आविस्कारक विह्लेम मेबेकसँग साझेदार थिए । ती दुईले उनीहरुको साझेदारीमा रहेको डेमलर मोटर्स कर्पोरेसन नामक एक स्टक कम्पनीमा परिणत गरेका थिए । उनीहरुको पहिलो अटोमोबाइल सन् १८९२ मा बेचेका थिए ।

एमिल यलिनेक एक उद्दमी थिए जो डेमलर मोटर्स कर्पोरेसनसँग काम गरेका थिए र सन् १९०० मा मर्सिडिज ३५ एचपी बनाउनमा मद्दत गरेका थिए । जेलेनिकले उनको नयाँ गाडीको नाम आफनी छोरी मर्सिडिज यलिनेकको नाम दिएका थिए । सन् १९०२ मा मर्सिडिजको नाममा ट्रेडमार्क गरियो ।

कार्ल बेन्ज एक इन्जिन डिजानर र अटोमोबाइल इन्जिनियर थिए । उनी जर्मनी कै थिए । बेन्जले सन् १८८५ मा बेन्ज पेटेन्ट मोटरकार बनाएका थिए । जसलाई धेरै विश्वको पहिलो ब्यवहारिक अटोमोबाइल मान्छन् । बेन्ज पेटेन्ट मोटरकारको कार्यक्षमताको समर्थनमा बेन्जकी पत्नी बर्थाले ६६ माइलको यात्रामा यो नयाँ गाडी प्रयोग गरेकी थिइन् । उनले यात्रामा आफुलाई मेकानिकका रुपमा काम गरेकी थिइन् । बेन्जको कम्पनी बेन्ज एसी सन् १८८९ देखि १८९९ सम्म तिब्र अगाडी बढेको थियो ।

डेमलर मोटोर्स कर्पोरेसन र बेन्ज एन्ड सी बीच केही समय प्रतिस्पर्धा चलेपछि डेमलर र कार्ल बेन्जको कम्पनीले मिलेर काम गर्न थाले । सन् १९२६ मा यो संयुक्त प्रयासले पहिलो मर्सिडिज बेन्ज वाहन उत्पादन गरे ।

१९२६ मा कम्पनीको स्थापनापछि मर्सिडिज बेन्जले एक लामो यात्रा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्