प्रजनन स्वास्थ्य अधिकार स्थापित गर्न संचारकर्मीको भूमिका महत्वपूर्ण 



न्युज अफ नेपाल, भक्तपुर ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार स्थापित गर्न संचारकर्मीको भूमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन्।
महिला,कानुन बिकास मंचले भक्तपुरमा आयोजना गरेको संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा मंचका कोषाध्यक्ष तथा अधिबक्ता नबिन श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार स्थापित गर्न संचारकर्मीले समाचार संकलन लेखन र सम्प्रेषण गरी सहयोग गर्नुपर्ने बताउनुभयो ।

अधिबक्ता श्रेष्ठले महिला सम्बन्धि बिभिन्न सवालमा समुदायमा सकारात्मक ब्यबहार तथा धारणा बनाउन संचार जगतले ग्रासरुट लेभलसम्म पहुँच बृद्धि गर्न सक्ने बताउनुभयो ।

नेपालमा सुरक्षित गर्भपतन सम्बन्धी कानुनी प्रावधानले किशोरी तथा महिलाहरुको जीवन सशक्त र सुरक्षित गराए पनि यसबारे पुर्ण र यथेष्ट सुचनाको अभाव र सामाजिक लाञ्छनाका कारण महिलाहरुले असुरक्षित तवरले गर्भपतन गराउँदा अकालमा मृत्युवरण गर्नुपर्ने अबस्था दुखद अबस्था रहेको बताउनुभयो ।

आई पासका संचार संयोजक पिताम्बर सिग्देलले महिलाका सन्र्दभमा बिषय धेरै भए पनि संचार माध्यममा कमै मात्र समेटिएको बताउँदै सुरक्षित गर्भपतन र महामारीमा संचार माध्यमको भुमिका झनै महत्वपुर्ण हुने बताउनुभयो ।

लकडाउनका बेला देशभित्र ७० दिनमा ३१ जना सुत्केरी मृत्यु भएको तथ्यांक प्रस्तुत गर्दै सिग्देलले लकडाउनका बेला घरमै सुत्केरी गराउँदा,यातायातको असहजता,अस्पताले जाँदा कोरोना भाईरस सर्ने डर जस्ता कारण चुनौति थपिएको बताउनुभयो ।

संचार जगतले प्रजनन् स्वास्थ्यका साथै गर्भपतनको अबस्थाबारे आममानिसको दृष्टिकोण निर्माणमा महत्पुर्ण भुमिका खेल्ने बताउँदै यी बिषयमा समाचार सम्प्रेषण गर्दा सनसनीपुर्ण भन्दा पनि तथ्यमा आधारित र सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा आई पासकै लक्ष्मण केसीले कोभिड १९ र यसबाट सृजित लकडाउनका बेला महिलाहरु झनै अप्ठ्यारोमा परेको बताउँदै यसलाई सहजीकरण गर्न सरकारले प्रजनन्,मातृ,नवजात शिशु तथा बालस्वास्थ्य सेवाको लागि सरकारले अन्तरिम मार्ग निर्देशन जारी गरी सहजीकरण गर्न खोजेकोमा प्रसन्नता ब्यक्त गर्नुभयो ।

उहाँले गर्भपतनका लागि ४ प्रकारका औषधि मात्र बैधानिक रुपमा प्रचलनमा रहेको भए पनि अबैध रुपमा बिभिन्न प्रकारका औषधिको प्रयोगले महिलाको स्वास्थ्यमा जोखिम बढाएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले महिलाका बिषयलाई पत्रकारितामा एउटा सशक्त बिटकै रुपमा स्थापित गर्नुपर्नेमा जोड दिंदै संचारकर्मीसँगको बिषयगत अन्तरकृयाले समाचार कभरेज गर्न र सम्प्रेषणमा निखार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न संचार माध्यममा कार्यरत जिल्लाका २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्