शौचालय जाँदा ५ लाख डलर जितेपछि



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाको साउथ क्यारोलिनाका एकजना पुरुषले आफ्नी पत्नीलाई बाथरुम जानु पर्ने स्थितीको कारण आफुले स्क्र्याच अफ लोटरीबाट ५ लाख अमेरिकी डलर जित्न सफल भएको बताएका छन् ।

उनले साउथ क्यारोलिना एजुकेसन लोटरी अधिकारीहरुलाई बताएका छन् , ‘ मेरी पत्नीलाई तत्काल शौचालय जानुपर्ने भएकाले हामी आइनोर स्थित आइनोर फुड मार्टमा रोकियौं । पर्खने क्रममा मैले कारमा तेल भर्ने विचार गरें । मैले पम्पमा एकजना मानिस लोटरी टिकट कोतर्दै गरेको देखें । ’

त्यो देखेर उनले पनि पत्नीलाई भित्र गएर लोटरी किन्ने मनशाय व्यक्त गरे । तर शुरुमा पत्नीले असहमति जनाइन् । तर नाम नखुलाइएका ति पुरुषले ढिंपी गरेर लोटरी टिकट किनेरै छोडे । कोतरेर हेर्दा पाँच लाख डलर जित्दा तिनीहरुको खुशीको सिमानै रहेन । यस दम्पतीले केहि पैसा भविष्यमा गरिने सडक यात्राका लागि छुट्याउने योजना सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्