जम्मू-कश्मीरमा ८ आतंककारी मारेको भारतको दाबी



एजेन्सी ।

जम्मू कश्मीरका आतंककारीहरूले लगातार नराम्रा योजनाहरू बनाउन पाकिस्तान सरकारले आदेश दिईरहेको भारतले आरोप लगाउन थालेको छ । चिनियाँ भाइरस कोरोनाको निरन्तर आक्रोशको बीचमा पाकिस्तानलाई यो क्षेत्र भारतविरूद्ध आतंकवादी जन्माउने अड्डा बनाएको बताइएको छ ।

पाकिस्तानको आदेशमा जम्मू कश्मीरका आतंककारीहरूले लगातार नराम्रा योजनाहरू बनाउन कोशिस गरिरहेछन्। तर सफल भएका छैनन भनेर न्युज–२४ इन्डीयाले लेखेको छ ।

जम्मू–काश्मीरमा आतंककारीहरूको बिरूद्ध सुरक्षाकर्मीहरूको अपरेसनमा पछिल्लो २ घण्टामा ८ आतंककारीहरूलाई मारेको दाबी गरेको छ।

पछिल्ला २ घण्टामा, जम्मू कश्मीरमा सुरक्षा बलले ठूला कारवाही गर्दा विभिन्न मुठभेडमा ती आतंकवादी मारिएका छन्। र तीनकाे खोजी कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्