न्युजिल्यान्डमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी



वेलिंगटन (एजेन्सी)
न्युजिल्यान्डमा बिहिबार साँझ शक्तिशाली भुकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रले फिजी, केरमेडिेक द्विप सुमुह, न्यु केलेडोनिया, न्युजिल्यान्ड, नियु, टोंगा र भानुआतुमा भुकम्पका कारण सुनामीका छाल आउन सक्ने चेतावनी दिएको हो । भुकम्को तिब्रता ७ देशमलव ४ रिक्टिर स्केप भएको बताइएको छ ।
भुकम्पको केन्द्र न्युजिल्यान्डको नर्थ आइल्यान्डको एक सहर ओपोटिकाबाट ६ सय ८५ किलोमिटर उत्तर पुर्वमा रहेको अमेरिकी भुगर्व सर्वेक्षणले जनाएको छ । भुकम्प आएको लगत्तै सबै केन्द्रले सुनामीको चेतावनी जारी गर्दै ती देशसँग समुद्री तटमा बसेका बासिन्दालाई सुचित गरी उनीहरुलाई सुरक्षित स्थानमा पुर्याउन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्