चीनद्वारा १० भारतिय सैनिक मुक्त



नयाँदिल्ली (एजेन्सी)
चीन भारत सीमा गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको हिसात्मक झडपका क्रममा चीनले नियन्त्रणमा लिएका १० भारतिय सैनिकलाई रिहा गरेको छ । मेजर जनरल स्तरको वार्तापछि भारतिय सैनिक छोडिएको सेनाको सुत्रलाई उदृत गर्दै भारतिय अखबार द हिन्दुले जनाएको छ । ती सैनिकहरुलाई चीनले विहिबार साँझ मुक्त गरेको हो ।
जुन १५ राती भारत र चीनका सैनिकबीच भएको हिंस्रक झडपमा २० भारतिय सैनिक मारिएका थिए । भारतका अन्य ७८ सैनिक घाइते पनि भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
तर चीनले अहिलेसम्म उक्त भिडन्तमा हताहत भएका आफना सैनिकको संख्या जारी गरेको छैन । भारतका केही अधिकारीहरु चीनलाई जवाफ दिन सिमित सैन्य कारवाही गर्न आवश्यक भएको निष्कर्समा पुगेको द टाइम्स अफ इन्डियाले जनाएको छ । तर यो पुर्ण रुपमा राजनितिक निर्णय हुनेछ ।
चीनले पुर्वी लद्दाखमा आफना सेनाको उपस्थितिलाई बढाएको छ । भारतिय सेनासँग चीनको पिपुल्स लिबरेसन आर्मीलाई भारतिय इलाकाबाट बलजफ्ती हटाउन तथा उच्च पहाडी भुभाग सुरक्षित गर्न सन् १९९९ मा भारत र पाकिस्तानबीच कारगिलमा भएको संघर्ष जस्तो लडाई सम्मको विकल्प रहेको सुत्रलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारत र चीनबीच लद्दाखको चार विन्दुमा गतिरोध कायम छ । जुन १५ राती भएको हिंस्रक संघर्षपछि दुबै देशका सेना त्यहीं डटिरहेका छन् , पछाडी हटेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्