रुखको टुप्पोबाटै परिक्षा



क्वालालम्पुर,(एजेन्सी)

मलेसियाको विश्व विदालयका एक छात्राले अनलाइन मार्फत परिक्षा दिने क्रममा राम्ररी इन्टरनेट चलोस भन्ने हेतुले अवरोध विहिन वाइफाइका लागि रुखको टुप्पोमा बसेकी छन् ।

उनको यस जुक्तिको सर्वत्र प्रशंसा पनि भएको छ । आर वर्षिया भेभेओनाह मासिविन सावानालाँग पिटास गाउँकी हुन् ।

उनको विकट गाउँमा ब्रोडब्यान्ड सर्भिस सिमित रहेको बुझिएको छ । उनको दुखको कुरा सुन्दा निकै नरमाइलो लाग्छ । उनको घरमा बिजुली तथा खानेपानीको धारा समेत छैनन् ।

त्यसैले उनी पढ्न र परिक्षा दिन प्रयोग हुने मोवाइल फोन चार्ज गर्न बिजुली भएका नातेदार र छिमेकीहरुकहाँ धाउने गर्छिन् ।

पन्ध्र दिन अघि आफ्नो परिक्षाका लागि तयारी गर्न उनी ३ जि राम्ररी टिप्ने एउटा डाँडाको टुप्पोमा अस्थायी वसोवासको व्यवस्था गरेर बसेकी थिइन् ।

तर परिक्षाको दिन आफ्नो झुपडीको छानो हुरीले उडाएपछि उनले अन्तत रुखमै बसेर परिक्षा दिने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्