पन्ध्र वर्षसम्म आफ्नी बज्यैको शव लुकाउने महिला पक्राउ



न्युयोर्क सिटी , (एजेन्सी)

अमेरिकाको पेनसिल्भानिया निवासी एक महिलालालाई पन्ध्र वर्ष सम्म आफ्नी हजुर आमाको शव फ्रिजरमा लुकाइ राखेको आरोपमा एक् महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनको परिवारले भने ति वृद्धाको सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको बताइएको छ ।

फिलाडेल्फिया इन्क्वायरर नामक अखवारले सन् २००४ को मार्चम एर्डमोरमा ग्लेनोरा रेकोर्ड डेलाहे नामक ति वृद्धाको ९७ वर्षको उमेरमा मृतयु भएकाे जनाएको छ ।

सिन्थिया क्यारोलिन ब्ल्याक नामक त महिलालाई शवको दुरुपयोग गरेको, अवैध ढंगले भत्ता लिएको तथा चोरिएको सम्पत्ती प्राप्त गरेको अभियोग लगाइएको छ ।

६१ वर्षीया नातिनी ब्ल्याकले परिवारलाई भत्ता स्वरुप प्राप्त हुने पैसाको आवशयक भएकाले शव लुकाएर राखेको प्रहरी समक्ष बयान दिएकी छन् । साथै उनले सन् २००७ मा सो फ्रिजरलाई एर्डमोर देखि १ सय माइल पश्चिममा रहेको डिल्सवर्गमा लगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्