चीन र अमेरिकाका विदेश मन्त्रीबीच डिनर भेटघाट, यी विषयमा छलफल



एजेन्सी ।

चिनियाँ विदेश मन्त्री याङ्ग जिडी र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले जारी तनाव कम गर्न बुधबार सात घण्टासम्म हवाईमा छलफल गरेका छन्।

चीन र भारतबीच तनाव बढिरहेको भएपनि चीन र अमेरिका भने आपसी सम्बन्ध सुधार गर्न दुबैको डिनर भेटघाट भएको बिबिसीले जनाएको छ।

यस वैठकले दुबै देशले जारी तनावलाई बढाउन नचाहेको देखाएको छ। चीनले यस भेटलाई रचनात्मक भनेको छ।

भेटमा याङ्गले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङ् मामिला आन्तरिक कुरा भएकाले अमेरिकालाई कुनै दख्खल नदिन भनेको बिबिसीले जनाएको छ।

यसैगरी पोम्पिओले चीनले पनि कोरोना सम्बन्धी जानकारी पारदर्शी बनाउनुपर्ने बताएका छन्।

अमेरिकाले हालसम्म चीन–भारतकाबीच पछिल्लो समय भएको सैन्य तनावमा मारिएका २० भारतीय सैनिकका बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्