झडपका क्रममा पक्राउ परेका १० भारतीय सैनिक चीनद्वारा रिहा



काठमाडाैँ ।

सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ।

दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई बिहीबार अबेर रिहा गरिएको हो।

सीमा  विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा भारतीय २० सैनिकले ज्यान गुमाएका थिए। भने चीनले आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के-कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्