सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार



रामधन राई,खोटाङ

खोटाङमा सालनाल अड्किएर समस्यामा परेकी सुत्केरीलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राई (मगर)लाई नेपाली सेनाको हेलिकोप्टरवाट उद्दार गरी काठमाण्डौं लगिएको हो ।

बुधवार राती करीब १ बजे सकुशल छोरी जन्माएकी अनितालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत बिहिबार अपरान्ह काठमाडौँ पठाइएको हो ।

सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुगेकी अनिताले छोरीलाई सकुशल जन्म दिए पनि स्वास्थ्यमा आएको समस्या समाधान नभएपछि थप उपचारका लागि प्रसुतिगृह थापाथली पठाइएको अनिताकी आफन्त रकेट राईले बताउनुभयो ।

aबन्दाबन्दीका कारण अन्य यातायातका सवारी साधन सञ्चालन नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्दार गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदिप राईले बताउनुभयो ।

अनिताको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्