नगरपालिका संघले पनौतीलाई उपलब्ध गरायो स्वास्थ्य सामाग्री



मोतीराम तिमल्सिना,काभ्रे

नेपाल नगरपालिका संघले सदस्य नगरपालिकाहरुका लागि कोरोना संक्रमण देखिएका स्थानहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती र पाँचखाल नगरपालिकामा एक÷एक जना ब्यक्ति कोरोना संक्रमण देखिएका थिए ।

‘सात वटै प्रदेशमा रहेका नगरपालिकाहरुमा जहाँ जहाँ संक्रमण देखिएको छ, त्यहि त्यहि स्थानमा रहेका नगरपालिकाहरुलाई छाता संगठनका हैसियतले स्वास्थ्य सामाग्री उपलब्ध गराएका हौं’–नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘संक्रमण बढिरहँदा उपलब्ध गराएका सामाग्री पर्याप्त नभए पनि विपद्मा सहानुभतिका साथै एकै स्थानमा रहेका महामारीका विरुद्ध लड्न तयार भएको सन्देश दिन खोजेका हौं ।’

नगरपालिका संघले पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । संघका अध्यक्ष ब्याञ्जु, कार्यकारी अधिकृत कलानिधी देवकोटा र कानुन अधिकृत सरिता सापकोटाको टोलीले नगर प्रमुख न्यौपाने, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासन अधिकृत इन्द्र अधिकारी लगायतको टोलीलाई सामान हस्तान्तरण गरेको थियो ।

नगरपालिका संघले सर्जिकल माक्स, स्यानिटाईजर, थर्मल गन, पिपिई सेट, ब्लोबस लगायतका सामाग्री उपलब्ध गराएको संघका अध्यक्ष ब्याञ्जुले बताउनु भयो । नगरपालिकाका प्रमुख न्यौपानेले विपदमा संघले देखाएको सहकार्यको प्रशंशा सहित धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्