बानियाँको बद्मासीले हुलाकी सडक निर्माण कार्य अलपत्र



कृष्णउदास खनाल,वीरगन्ज

राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर, हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन । हुलाकी राजमार्ग परियोजनाअन्तर्गत वीरगन्जको प्रतिमाचोकदेखि ठोरीसम्म ६० किलोमीटर सडक निर्माणको ठेक्का अवधी सकिएपनि निर्माणको जिम्मा पाएका कम्पनीहरु भने फेरि म्याद थपको तयारीमा रहेका छन् ।

नियम अनुसार नै काम नसकिएपछि सरकारले म्याद थप गर्ने भएपनि हेटौंडामा रहेको बानियाँ निर्माण सेवा अहिले पनि लाज पचाएर सडकको काम गरिरहेको छ जबकी उसले जेठ मसान्तसम्ममा आफूले पाएको सो सडकखण्डको ३० किलोमिटर निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने हो ।

वीरगन्जको पप्पुले बीरगंजको प्रतिमाचोक देख महादेव पट्टीको चमरी टोल सम्म ३० किलो मिटर र त्याहाबाट ठोरी सम्मको ३० किलो मिटर हुलाकी सडक निर्माणको जिम्मा बानिया निर्माण सेवाले पाएको छ । बिकास गर्ने स्रोत र साधन आफ्नै हातमा हुदा समेत नागरिकलाई समय अगावै परियोजना निर्माण गरेर दिन नसक्नेले बिकासको कुरा गर्दा पत्याउनु नै गलत भएको ठान्नुहुन्छ सखुवा प्रसौनीका भोला चौधरी ।

हुलाकी राजमार्गको बीरगंज चमरीटोल खण्डमा ३१ प्रतिशत र चमरी टोल देखी ठोरी खण्डमा ४० प्रतिशत मात्र काम भएको आयोजना कार्यालय वीरगञ्न्का प्रमुख दीपेन्द्र पाण्डेले बताउनु भयो । लकडाउनयता निर्माण व्यवसायीले काम शुरू गरे पनि प्रगति अत्यन्तै सुस्त छ । २ अर्ब ४० करोड हुलाकी राजमार्ग निर्माणकालागि बिनियोजीत छ ।

केही समस्याले काम गर्न गाहे भयो : ठेकेदार

यद्यपी निर्माणको जिम्मा लिएको हेटौंडाको बानियाँ निर्माण सेवाका प्रतिनिधि उद्वव न्यौपानेले भने बिभिन्न कारण तथा समस्याका कारण आफूहरुले समयमा काम सम्पन्न गर्न नसकेको बताएका छन् ।

उनले स्थानीय सरकारले प्रतिबद्धता जनाए अनुसार पीडितहरुलाई मुअब्जा नदिनु,हुलाकी सडकखण्डमा पर्सा र चितवन राष्ट्रिय निकञ्ज पनि पर्ने र रुख कटान गर्नुपर्ने भएपनि समयमा रुख कटान नगरिदिएका कारण तथा सो सडकखण्डको बिभिन्न चार स्थानमा पुल बनाउनु पर्ने भएपनि सो पुल बनाउने जिम्मा लिएकाहरुले पुल नबनाइएका कारण पनि ३० किलोमिटररको जिम्मामा करिब २२ किलोमिटरको काम सम्पन्न भएको दाबी गर्छन् ।

जबकी बानियाँ निर्माण सेवाले हालसम्म ३० महिना यही ३० किलोमिटर सडक निर्माणका लागि समय खर्चिसकेको छ । त्यसरी नै ठोरी गाउँपालिकाको केन्द्रविवाद,जिल्ला प्रशासनमा मुअब्जाको बिषयको निवेदन लगायत पछिल्लो पटक भएको लकडाउनले सडक राम्रोसंग बनाउन नपाएको तर अब भने चाँडै नै बनाइसक्ने उनको प्रतिबद्धता छ ।

चालु अर्थिक वर्षमा पर्सा जिल्लाको गादी खोला,भेडाहा खोला पर्सागढीको कर्जनाहा खोलाबाट गिट्टी बालुवाको उत्खनन् गरी लकडाउनकै समयमा पनि बानियाँ सहित पप्पुले समेत उपभोग गरेका थिए तर न्यौपानले निर्माणका अन्य सामग्री सिमेन्टहरुको अभाव भएका कारण लकडाउनमा काम हुन नसकेको जिकिर गरे ।

२०७४ मंसिरमा कार्यादेश लिएका कम्पनीले यही जेठभित्र आयोजना पूरा गर्नुपर्ने थियो । ठेक्काको म्याद सकिइसकेपछि निर्माण सामग्री पाइनँ भनेर प्रचार गर्नु बाहानाबाजीमात्रै भएको हुलाकी आयोजना प्रमुख पाण्डे तर्क छ ।

प्रतिक्रिया दिनुहोस्