छुरा प्रहारपछि रुखमा झुण्ड्याइएको अवस्थामा गर्भवती महिलाको शव भेटियो



जोहान्नेसवर्ग, (एजेन्सी) । 

दक्षिण अफ्रिकाको प्रहरीले एक महिलाको हत्याको आरोपमा ३१ वर्षिय एक पुरुषलाई गिरफतार गरेको छ ।

गत साता छुरा प्रहार गरि मारिएकी २८ वर्षिया सेगेफात्सो पुले नामक आठ महिने गर्भवती महिलाको शव एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि राष्ट्रव्यापि विरोधको लहर फैलिएको थियो ।

अदालतमा उपस्थित गराइएका ति नाम नखुलाइएक व्यक्तिले आफु विरुद्धको अभियोगबारे केहि टिप्पणी गरेको छैन । यस घटनालाई लिएर दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले लैंगिग विषयमा आधारित हिंसा प्रति मौन रहने संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन् । ४ जुन देखि हराइरहेका उनको शव राजधानी जाहोन्नेसवर्गको उपनगर रुडेपूर्तेमा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्