स्टेडियममा सेक्स डल राख्ने क्लब दण्डित



सोल,(एजेन्सी) ।

दक्षिण कोरियाको एफसि सोल फुटबल टिमलाई दक्षिण कोरियाकै प्मुख फुटबल च्याम्पियनसिपमा ग्वान्गजु विस्द्धको म्याचमा स्टेडियम भर्न सेक्स डलहरु प्रयोग गरेको आरोपको सामना गर्नुपरेको छ ।

यस क्लबले यस घटना प्रति क्षमायाचना गरेको छ भने के लिगले यसलाई ८१ हजार ३ सय अमेरिकी डलर जरिवाना गरेको छ । एफसि सोलले आफुमाथिको कारवाही बिना शर्त सहर्ष स्विकारेको सिएनएनलाई बताएको छ ।

तर के लिगले यस सम्बन्धमा केहि बोल्न सिएनएनले गरेको अनुरोध प्ति कुनै प्रतिक्रिया जनाको छैन । प्रशंसकहरुले यस घटनाले के लिगलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने मौकामा कुठराघात गरेको क्लब अनलाइन समक्ष आलोचना गरेको छ ।

विश्वका फुटबल लिगहरु कोरोना भाइरस महामारीको कारण करिव बन्दै रहेको अवस्थामा के लिगले खाली रंगशालामा लिग चलाउँदै आएको हो । एफसि सोलले लुगाको मोडलिंग गर्ने म्यानेक्विनलाई वास्तविक मानिसलाई जस्तै लुगा लगाइदिएको थियो ।

तर तिनीहरुलाई सेक्स डल निर्माण गर्ने कम्पनीको साइन बोर्ड समाउन दिइएको थियो । यस घटनालाई आयोजकको लापरवाहीको रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्