म्याग्दीका सिडियो ढकाललाई स्थानियबासीले मुक्तिनाथबाट फर्काए



न्युज अफ नेपाल,पर्वत

कोरोना संक्रमणको बेला परिवार सहित पबित्र धार्मिकस्थल मुक्तिनाथ पुगेका बेला म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई मुस्ताङ्गका स्थानियबासीले बिच बाटो मै रोकेर फर्काएका छन ।

हिमालपारिको जिल्ला मुस्ताङ स्थित पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले मुस्ताङ पुगेका म्याग्दीका सिडिओ ज्ञानराज ढकालसहित २१ जनाको टोलीलाई वारागुङ मुक्तिक्षेत्र गाउापलिका –२ झोङका स्थानीयले बीच सडकबाटै फर्काएका हुन ।

मुस्ताङ्गमा बाहिर जिल्लाबाट प्रबेश गर्न नदिन लामो समय देखि कडाई गरिदै आएको छ । स्थानिय प्रशासनले भन्दा पनि सर्वसाधरणले कडा निगरानी बढाउँदै आएका छन । स्थानियबासीले प्रजिअ सहितका ३ वटा गाडीलाई मुक्तिनाथ नपुग्दै बिच बाटोमा रोकेर फिर्ता पठाएको बताएका छन ।

प्रजिअ ढकाल सहित सशस्त्र प्रहरी बलका डिएसपी प्रकाशकुमार माझी र कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका कार्यालय प्रमुख चन्द्रशेखर सापकोटा र परिवारका सदस्यहरु रहेका थिए ।

म्याग्दीका सुरक्षा अधिकारीको जम्बो टोली मुक्तिनाथ आएको सुइँको पाएपछि स्थानीयले २ वटा सरकारी गाडी र एक निजी गाडीलाई झोङबाट माथि उक्लन रोक लगाईएका थिए ।पैदल नै हिँडेर मुक्तिनाथ दर्शन गर्न जान दिनुहोस् भनी सिडिओ ढकालको टोलीले स्थानीयबासीलाई आग्रह गरे पनि स्थानियले अस्विकार गरेका थिए ।

म्याग्दी र मुस्ताङको सीम क्षेत्र घाँसामा २ साताअघि जिल्ला बाहिरबाट आएका केही कामदारको आरडिटी पोजेटिभ देखिएपछि मुस्ताङमा लकडाउन कडाइ भएको थियो । सो समय मुक्तिनाथको रिपोटिङ गर्न मुस्ताङ आएका पोखराका २ पत्रकारलाई मुक्तिनाथका स्थानीयले गाउबाटै फिर्ता पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्