सल्यानमा २५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ६२ पुग्यो



सरिता चलाउने,सल्यान

सल्यानमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको पिसिआर परिक्षणमा सल्यानका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बागचौर नगरपालिकाका ९ जना, त्रिबेणी गाउँपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका २ जना र कुमाख गाउपालिकाका ६ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कुमाख गाउँपालीकाका वडा नम्बर १ मा १७, ३२, वडा नम्बर २ मा १७, १७, १९, वडा नम्बर ३ मा १७ बर्षीय पुरुष रहेका छन् । सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ का ५० बर्षीय महिला, वडा नम्बर ४ मा १८, ४५ वर्षीय पुरुष, त्रिबेणी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय पुरुष, २ का ५१ वर्षीय पुरुष, ३ का १९ वर्षीय पुरुष, ६ मा ४० र ४५ बर्षका पुरुष रहेका छन ।

यस्तै कालीमाटी गाउँपालिका ५ मा ३७, वर्षीय पुरुष र ५४ वर्षीया महिला कोरोना भाईरस पुष्टी भएको छ । बागचौर नगरपासिलका वडा नम्बर ६ का २८, ५०, ५४ बर्षका पुरुष, वडा नम्बर ९ का २१ र ३० बर्षका पुरुष, वडा नम्बर १२ का १८, ३०, ३२ बर्षका पुरुष र ३३ बर्षका महिलामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।

यो सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ६२ पुगेको छ । यस अघि ५४ जना निको भएर घर फर्किएका छन । संक्रमित ब्यक्रिलाई सल्यान बहुमुखि क्याम्पस लुहापिङको आईसोलेसमा ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्