कर्णलीमा आज १८ कोरोना संक्रमित थपिए,कूल संक्रमितको संख्या ११ सय नाघ्यो



कालीवहादुर मल्ल,कालिकोट ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४ जना पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसआर परिक्षणमा कालिकोट जिल्लाका १४ जना र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा दुइजना सुर्खेत र दुइजना दैलेखका रहेका छन् ।

यसका साथै कर्णाली प्रदेशमा बुधबार मात्रै १८ जनाको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार संक्रमित हुनेमा कालिकोट शान्नि त्रिवेणी गाउपालिका–२ का १९,२१,२१,२४,२५,३८,६० वर्षिय पुरुष, वडानम्वर –५ का ५७ वर्षिय पुरुष, वडानम्वर– ३ का २२,२३,४२,५० वर्षिय पुरुष र १८,५२ वर्षिया महिला रहनु भएको छ ।

यस्तै दैलेख भैरि गाउपालिका –७ का २० वर्षिय पुरुष तथा भगवती गाउपालिका –७ का ३३ वर्षिय पुरुष र सुर्खेत विरेन्द्रनगर नगरपालिका– ५ का २६ वर्षिय पुरुष,लेकवेसि नपा– ३ का ३८ वर्षिय पुरुष रहेको वताइएको छ ।

कर्णाली प्रदेसमा बुधबारसम्म दैलेखमा ६ सय ३६,सुर्खेतमा २ सय ३७,सल्यानमा १ सय ३७,कालीकोटमा ४३,जुम्लामा २४,जाजरकोट ८,मुगु हुम्ला र डोल्पामा १ र १ कोरोना संक्रमित भेटिएका छन् । जिल्ला भन्दा वाहिरका संक्रमित नागरिक कर्णालीमा उपचार भैरहेको छ ।

जसमा अछामका १०,दोलखा,वझांग,गोरखा,दोलखा,रामेछाप,र काठ्माडौंका १६ जना रहेका छन् । छिमेकी मुलुक भारतवाट कर्णाली प्रदेशका जिल्लामा हजारौं नागरिकहरु भित्रीएको हुदा कर्णाली प्रदेश कोरोनाको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्