अमेरिकी उडानमा यात्रुलाई फेसमास्क अनिवार्य



वासिंगटन (एजेन्सी)
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी अमेरिकी एयरलाइन्सले मास्क नलगाउने यात्रुलाई बोर्डिंगको अनुमति नदिने निर्णय गरेको छ । त्यसता यात्रुको नाम नो फ्लाई लिस्टमा समेत राख्न सकिने बताइएको छ । अर्थात उसले केही समयका लागि हवाई यात्रा गर्न पाउने छैन ।
यात्रीले उडान भित्र पनि मास्क हटाउन पाउने छैन । फ्लाइट अटेन्डेन्टले यसमा निगरानी गर्नेछ । खान पिउनका लागि मात्र मास्क हटाउन अनुमति दिइनेछ । अमेरिको एविएसन इन्डस्ट्री १८ जुन देखि यो निति लागु गर्दैछ ।
नयाँ नितिमा फेस मास्क लगाउनु प्रि फ्लाइट चेकलिस्टमा समावश गरिनेछ । जुन यात्रुसँग मास्क हुँदैन उनलाई एयरलाइन्सका तर्फबाट उपलब्ध गराइने छ । अलास्का एयरलाइन, अमेरिकन एयरलाइन, डेल्टा एयरलाइन, हवाइएन एयरलाइन, जेटब्ल्यु एयरवेज, साउथवेस्ट एयरलाइन र युनाइटेड एयरलाइन यो पोलिसीमा समावेश भएका छन् ।
फ्लाइट टेक अफ हुनु अघि यात्रुलाई फेस मास्कको निति बारे जानकारी गराइनेछ । पछि उडान भित्र पनि एनाउन्समेन्ट गरिनेछ । यात्रुलाई मास्क लगाउन लगातार सचेत गराइरहेको डेल्टा एयरलाइनले जनाएको छ । उडानमा सुरक्षाको यो सबैभन्दा महत्वपुर्ण तरिका हो ।

प्रतिक्रिया दिनुहोस्