ताजमहलका गोप्य तथ्य यस्ता छनः



नयाँदिल्ली,(एजेन्सी)

विश्व सम्पदा भित्र सुचिकृत गरिएको भारतको आगरा शहर स्थित कलाको अनुपम उपहार ‘ताज महल ’ शाहजहाँले आफ्नी महारानी मुमताजको सम्झनामा बनाउन दिएको कुरा हामी सबैलाइृ थाहा छ । यो ऐतिहासिक स्मारक प्रेमको प्रतिक र अद्वितिय वास्तुकलाका लागि विश्वविख्यात छ । यसैकाबारे केहि अज्ञात तथ्यहरु निम्न प्रकार रहेका छन् ।

१. ताज महलको निर्माणमा झण्डै २२ हजार श्रुमिक , चित्रकार , ढुँगा खोप्ने, बुट्टा भर्ने कलाकार तथा मुगल वास्तुविदहरुको संलग्ना रहेको थियो ।
२. यसको कला तथा वास्तुकलाको सम्पूर्ण जटिल काम सकाउन १६ वर्ष लागेको थियो । जुन काम सन् १६३२ मा शुरु गरेर सन् १६४८ मा सकाइएको थियो । ताज महल वरपरका अन्य भवनहरु र बगैंचा निर्माणका लागि पााच वर्ष लागेको थियो ।
३. सम्राट शाहजहाँले नदी पारी अर्को कालो संगमरमरको ताज महल बनाउने योजना बनाएको तर आफ्नै छोराहरुसंग युद्ध शुरु हुँदा सो योजा कार्यान्वयन हुन नसकेको किंवदन्ती छ ।
४. सन् १९४२ मा सरकारले जापानी वायु सेनाबाट हुन सक्ने संभावित हवाइ आक्रमणलाई ध्यानमा राखी ताजमहलको रक्षार्थ वरपर अन्य भौतिक संरचना निर्माण गराएको थियो । त्यसपछि १९६५ र १९७१ को भारत र पाकिस्तानबिचको युद्धको दौरान बमवर्षक विमान चालकलाई झुक्याउने हेतुले पुन ताजमहल पसिरमा अन्य भौतिक संरचनाहरु खडा गरिएको थियो ।
५. सबैभन्दा स्पष्ट रुपमा देखिने भनेको समाधिको माथिको सेतो डोम हो । यसलाई प्रायस ‘ अनियन डोम ’ भन्ने गरिन्छ । करिव ३५ मिटर अग्लो यस डोमको वरपर अन्य चारवटा डोम रहेका छन् ।
६. वास्तवमा ताजमहल शिशु जन्माउने क्रममा मुमताजको निधन भएको बुर्हानपुर ( मध्य प्रदेशमा ) बनाउने तय भएको थियो । तर दुर्भाग्यवश बुर्हानपुरमा प्रशस्त मात्रामा सेते संगरमरमर आपुर्ति गर्न नसकिने देखिए पछि अन्तत आगरामा यसको निर्माण गरिएको हो । अहिले घरेलु पर्यटक माझ पनि यो चर्चित गन्तव्य बनेको छ ।
७. पछि कसैले पनि अर्को दुरुस्त ताज महल बनाउन नसकुन भनेर सम्राटले काम सकिएपछि सम्पूर्ण कामदारको हात काट्ने आदेश दिएको भन्ने पनि हल्ला छ ।

  •  त्यतिवेला यसको निर्माण खर्च करिव ३ करोड २० लाख भारु रहेको थियो । वर्तमान परिप्रेक्षमा सो रकम करिव ७० अर्व भारु हुन आउँछ ।
  •  ९ ताजमहल बनाउन आवश्यक सामानहरु करिव १ हजार वटा हात्ती लाई बोकाएर निर्माण स्थल सम्म ल्याइ पु¥याइएको थियो ।
  • १० समाधिका पर्खालमा जडित अधिकांश बहुमुल्य जुहारातहरु सन् १८५७ को भारतिय विद्राेहको बेला वेलायती सेनाले उप्काएर लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्