विश्वमा पाँचौ ब्यक्ती कोरोनाबाट गम्भिर संक्रमित हुने खतरा



लन्डन (एजेन्सी)
कोरोना भाइरसलाई लिएर भएको एक अध्ययनले विश्वमा हरेक ५ ब्यक्तीमा एकलाई घातक कोरोना भाइरस संक्रमण हुने खतरा रहेको देखाएको छ । चर्चित साइन्स जर्नल द लान्सेटमा प्रकाशित एक अध्ययन अनुसार विश्वमा प्रत्यक पाँचौ ब्यक्ती कुनै न कुन गम्भिर रोगबाट पिडित हो भने त्यो ब्यक्ती कोरोना भाइरसको चपेटामा आउन सक्छ र गम्भिर रुपमा संक्रमित हुने खतरा अपेक्षाकृत अधिक छ ।
विश्वमा १ अर्ब ७० करोड आवादी अर्थात विश्वमा २२ प्रतिशत नागरिक लामो समयदेखि कुनै न कुनै गम्भिर रोगबाट ग्रसित रहेको द लान्सेट ग्लोबल हेल्थमा प्रकाशित सोधमा उल्लेख गरिएको छ । त्यसैले उनीहरु कोरोना भाइरसबाट गम्भिर रुपमा संक्रमित हुने खतरा धेरै छ । शोधकर्ताहरुको यो टोलीमा बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको अनुसन्धान पनि समावेश गरिएको छ ।
बृद्धहरुको आवादी धेरै भएको देशमा गम्भिर संक्रमणको खतरा अधिक भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसमा एड्स एचआइभीका विरामी धेरै भएको अफ्रिकी देशका नागरिक पनि ठुलो संख्यामा पर्छन । मधुमेहका विरामी धेरै भएको ससाना टापु राष्ट्रमा पनि ठुलो संख्यामा नागरिक गम्भिर रुपमा संक्रमित हुने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्