चीनसंगको भिडन्तमा तीन भारतीय सैनिक मारिए



श्रीनगर, (एजेन्सी) ।

विवादास्पद काश्मिर क्षेत्रको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा तीनजना भारतिय सेनाको ज्यान गएको छ ।

सोमवार राति भएको सो भिडन्तमा ती सेना मारिएका हुन् । उक्त घटना सुल्झाउनका लागि दुवै मुलुकका वरिष्ठ सैनिक अधिकारीहरुबिच बैठक भइरहेको भारतिय सेनाले जनाएको छ ।

चिनियाँ पक्षले एकोहोरो कारवाही गरेर समस्या थप्ने काम नगर्न भारतलाई आब्हान गरेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । चीनले सिमा नाघेर भारतिय फोजले आफ्ना सेना माथि अचानक आक्रमण गरेको आरोप पनि लगाएका छन् । त्यसैगरी चीनले सो क्षेत्रको ३८ हजार वर्ग किमि भू–भाग मिचेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्