कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

संसारभरि अहिले कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या ८० लाख नाघेको छ ।

विश्वभरि कोरोना महामारीहरुको संख्या ८०, लाख ३५ हजार ३ सय ६४ पुग्दा ४लाख ३६ हजार ९ सय १८ जनाको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ ।

अहिलेसम्मको अवस्थामा अमेरिका कोभिड–१९ बटा सर्वाधिक प्रभावित देश हो। त्यहाँ २० लाखभन्दा बढी व्यक्ति सो भाइरसबाट सङ्क्रमित भएका छन । तीमध्ये एक लाख जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्