चीन र पाकिस्तानसँग भारतको भन्दा बढी परमाणु हतियारः प्रतिवेदन



न्युज अफ नेपाल, काठमाडौं ।

ची र पाकिस्तानसँग भारतको भन्दा बढी परमाणु हतियार रहेको पाईएको । स्विडेनको थिंक ट्यांक स्टाकहोम इन्टरनेश्नल पीस रिसर्च इन्स्टिच्युट (सिपरी रिपोर्ट २०२०) ले हालै सार्वजनिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनले दाबी गरे अनुसार चीनसँग ३२० थान, पाकिस्तानसँग १६० थान र भारतसँग १५० थान परमाणु हतियार रहेको छ । यी परिणामको आफूहरुसँग परमाणु हतियार रहेको ती मुलुकहरुले दाबी गरेअनुसार प्रतिवेदनमा उल्लेख गरिएको भनिएको छ ।

प्रतिवेदनअनुसार विश्वको कुल परमाणु हतियारको ९० प्रतिशत रुस र अमेरिकासँग रहेको छ । दुबै मुलुकले पुरानो हतियारहरु नष्ट गर्दै आईरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यसकारण पछिल्लो वर्षमा परमाणु हतियारको संख्यामा कमी आएको दाबी गरिएको छ। प्रतिवेदनमा चिन्ता व्यक्त गर्दै यी दुई मुलुकले पुरानो परमाणु हतियार नष्ट गर्दै त्यसको ठाउँमा नयाँ परमाणु हतियार बनाईरहेको छ।

विभिन्न नौ मुलुकमा गरी १३ हजार ४ सय परमाणु हतियार रहेको र जसमा रुससँग मात्रै ६ हजार ३ सय ७५ र उत्तर कोरियासँग ३० देखि ४० मौजदात राखेर परमाणु हतियार रहेको मुलुकमध्य क्रमश पहिलो र अन्तिम देश बनेको छ । चीन भने परमाणुको साथै जमीन र हवाईमार्फत मार हान्न सक्ने गरी नयाँ मिसाईल र फाइटर जेट निर्माणमा ध्यान दिईरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्