ओ रक्तसमुहका ब्यक्ती कोरोनाबाट सुरक्षित



जेरुसलम (एजेन्सी)
विश्वब्यापी महामारी बनेको कोरोना संक्रमण सम्बन्धी एक अध्ययनले ओ रक्तसमुह भएका ब्यक्तीहरुमा कोविड १९ संक्रमित हुने सम्भावना कम भएको देखाएको छ । तर ए रक्तसमुहका ब्यक्तीहरु भने अत्यन्तै जोखिम रहेको देखियो ।
महामारी फैलिएपछि वैज्ञानिक तथा डाक्टरहरुलाई एउटा प्रश्नले चकित पारेको थियो । किन केही ब्यक्तीमा अरु भन्दा कोरोना भाइरस संक्रमण अतिसंवेदनशिल बनेको छ र यहाँ सम्मकी उनीहरुमा कोरोना भाइरसका कारण हुने रोग प्राणघात बनिरहेको छ ।
यसलाई लिएर भएका अध्ययन मध्य धेरैले भाइसरसँगको सम्पर्क अतिशवेदनशिल हुनुमा आणवंशिक भुमिकालाई जोडेको छ भने केहीले विशेष गरी रक्तसमुह प्रकारको भुमिकासँग जोडको छ । यी सबै अध्ययन एक समान निष्कर्षमा पुगेका छन् , त्यो भनेको रक्तसमुह ओ भएका ब्यक्तीमा कोविड १९ संक्रमणको सम्भावना कम हुन्छ ।
कोविड १९ महामारीको केन्द्रविन्दु वुहानको दुई शोध मध्य एकमा कोविड १९ संक्रमणको संवेदनशिलता र रक्तसमुह बीचको सम्बन्धमा केन्द्रित थियो भने अर्कोमा रक्तसमुह तथा सार्स कोव (२, नोवेल कोरोनाभाइरसका कारण न्युमोनिया हुने खतरा बीचको सम्बन्धको अनुसन्धान भएको थियो । इटाली र स्पेनमा भएको अन्य शोधमा सार्स कोव (२ कारण स्वास प्रस्वास समस्या र आणुवंशिकबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।
ब्यक्तिगत आणुवंशिक कम्पनी २३एन्डमीले गरिरहेकोे पछिल्लो शोधले रक्त समुहको कोविड १९ संक्रमणमा भुमिका सम्बन्धी प्रमाण जुटाउने काम गरेको छ । २३एन्डमी कम्पनीले ७ लाख ५० हजार भन्दा बढी सहभागीमा उक्त अध्ययन गरिएको आफनो ब्लगमा उल्लेख गरेको छ । तिनीहरुको प्रारम्भिक आंकडाले अन्य रक्तसमुहका ब्यक्तीहरुको तुलनामा ओ टाइप रक्तसमुहका ब्यक्तीमा ९ देखि १८ प्रतिशत कममा भाइरस संक्रमित हुने गरेको र यो समुहका मानिस भाइरसबाट तुलनात्मक रुपमा सुरक्षित रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्