ताजकिस्तानमा शक्तिशाली भुकम्प



दुसान्बे (एजेन्सी)

मध्य एसियाली मुलुक ताजिकिस्तानमा शक्तिशाली भुकम्प गएको छ । भुकम्पको केन्द्रविन्दु राजधानी दुसान्बेबाट ३ सय ४१ किलोमिटर पुर्व दक्षिणपुर्व भएको बताइएको छ । भुकम्प ६ दशमलव ८ म्याग्निच्युडको मापन गरिएको छ ।

मंगलबार विहानै आएको उक्त भुकम्पको धक्का भारतको जम्मु काश्मिरमा पनि महसुस गरिएको छ । यसअघि जनवरीमा ताजिकिस्तानको कारकेन्जा नजिकै ५ दशमलव ५ म्याग्निच्युडको भुकम्प आएको थियो  ।सोमबार भारतको गुजरातमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो ।

गुजरातको राजकोटबाट ८३ किलोमिटर दुरीमा केन्द्रविन्दु रहेको उक्त भुकम्प ४ दशमलव ४ रिक्टर स्केलको बताइएको छ । त्यसपछि एक घन्टा सम्म ससाना पराकम्पन आइरहेको थियो । आइतबार देखि सोमबारसम्ममा गुजरातको फरक फरक इलाकामा १४ पटक पराकम्पन महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्