कोरोना लागेको भन्दै खोक्ने फुटबलर हिरासतमा



  • लन्डन, (एजेन्सी)

प्रहरी अधिकारीहरुमाथि खोकेको र कोरोनाभाइरस आफुलाई लागेको भनेपछि फुटबलर जेम्स हस्र्ट हिरासतमा परेका छन् । वेस्ट ब्रोमका लागि खेल्ने र हाल हेडनेसफोर्ड टाउनका लागि खेल्ने २८ वर्षीय हस्र्टले आवेशमा आएर प्रहरी अधिकारीहरुलाई स्कटिस दास समेत भनेका थिए ।

बीबीसीको रिपोर्ट अनुसार सो घटना अप्रिलमा ग्लासगोको ड्रमचपेलमा भएको थियो । इंग्ल्यान्डका पूर्व युवा खेलाडीले प्रहरीप्रति धम्की र अपमानजनक व्यवहार गरेको स्विकार गरेका छन् ।

एक महिलाको घरको बगैंचामा भएको घटना पछि प्रहरी अधिकारीहरूले हस्र्टविरुद्ध सम्भावित वारेन्ट जारी गर्न अघि नै उनले सतर्कता अपनाएका थिए । हस्र्टले घरेलु दुर्व्यवहारको शिकार भएको दाबी गर्दै प्रहरीकोमा सम्पर्कमा आएका थिए । जब प्रहरीले उनको सामना गरे, हस्र्ट चिच्याए —’मेरो वकिललाई पहिले ल्याऊ ।’ तर उनी पक्राउ परेका थिए ।

ग्लासगो शेरिफ अदालतमा मुद्दा चलाउँदै मार्क एलनले घटनाक्रमको बयान गरे–‘उनले तुरुन्तै भने “मलाई कोभिड भएको छ, म खोकेर सबैमाथि थुक्न गइरहेको छु । यसपछि दुई जना प्रहरीहरुले उनलाई हथकडी लगाइरहँदा उनले ती दुबै जना प्रहरीहरुको अनुहारमा खोक्न शुरु गरेका थिए ।

हस्र्टले चिच्याएर बताए कि उनी महारानीको देशबाट हौ र सबै स्कटीसहरु उनको अगाडि दास हौ । क्राउली टाउन, टर्की युनाइटेड र रेक्सहामबाट समेत खेलेका हस्र्टले बताए—तिमीहरु कानुन होइनन्, तिमीहरु वर्दीमा नागरिक हौ, महारानीको राज्यमा रहेको स्कटीसमा तिमीहरु बसेका छौ, म सर्वोच्च हुँ ।

हस्र्टको बचावमा कीथ टकले अदालतमा बताए—उनको विगतमा व्यवसायिक फुटबलरको रुपमा सफल करियर थियो । इंग्ल्यान्डमा उनीसँग फुटबलमा कोचको रुपमा काम गर्ने सक्ने योग्यता छ ।

प्रतिक्रिया दिनुहोस्