राष्ट्र रहे राष्ट्रवादी, नरहे त के

बैरी आँखा गाड्न थाले, अब गर्छौ के ?



गायक रामचन्द्र काफ्लेले नेपालका मिचिएका सीमाको रक्षा गर्न आह्वान गर्दै गाएको गीत सार्वजनिक गरिएको छ। राष्ट्र रहे राष्ट्रवादी नरहे त के बोलको यो राष्ट्रभक्ति गीत विन्ध्यवासिनी म्युजिक प्रालिले आप्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

नेपालका विभिन्न सीमामा ढालिएका जंगे पिलरका दृश्यहरूसहित आङ नै जिरिङ जिरिङ गराउने गीतको म्युजिक भिडियोमा गायकगायिका अभिनेता अभिनेत्री, व्यापारी, संगीत व्यसायीसहित विभिन्न विधाका व्यक्तित्वले गायक काफ्लेको स्वरमा लिप्सिङ गरेका छन्।

फेवातालमा साइँली गायक काफ्लेको जोसिलो स्वर रहेको गीतको भिडियोमा हरिवंश आचार्य, हरिबहादुर थापा, किरण केसी, शिवहरि पौडेल, अनिल थापा, आकाश श्रेष्ठ, पूजा शर्मा, युवराज चौलागाईं, रूपक डोटेल, प्रदीप शारदा, सुवास रेग्मी, स्वरञ्जना काफ्ले, निरज काफ्ले, शिवनी रिजाल, देवयानी रिजाल, जितेन तामाङ लामा, प्रकाश गुरुङ, सन्तोष पन्त, एनके भट्टराई, किशव रिजाल, फिलिप डिसी, दीपेन्द्र ढकाल, जोनिश खनाल, विनोद क्षेत्री, कृष्णराम वस्ती, मेरिका थापा र मिरिन थापाले गायक काफ्लेसँगै गायिका जुनु काप्mलेको स्वरमा लिप्सिङ गरेका छन्।

सुरेन्द्र केसीको शब्द रचना, गायक रामचन्द्र काफ्ले स्वयंको संगीत र साहस शाक्यको संगीत संयोजनमा तयार पारिएको गीतले भन्छ

राष्ट्र रहे राष्ट्रवादी नरहे त के
बैरी आँखा गाड्न थाले अब गर्छौ के
संकटको घडी हो यो अब गर्छौ के
रक्षा गरौं सीमाको अब तब रहन्छ राष्ट्र
रैतीलाई पाखा लगाऊ तब हाँस्छ राष्ट्र

विन्ध्यवासिनी म्युजिकले तयार पारेको गीतको म्युजिक भिडियो सञ्जय मिश्र र सारस कट्टेलले छायांकन गरेका छन् भने दीपेन्द्र केसीको निर्देशनमा अधिनायक एम शेरचनले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्