फ्लोइड हत्याका बखत उपस्थित अन्य प्रहरी अधिकारीमाथि अभियोग



वासिंगटन,एजेन्सी ।

अमेरिकाको मिन्नियपोलिसमा अफ्रिकी अमेरिकी जर्ज फ्लोइडको हत्या भएको स्थानमा उपस्थित सम्पूर्ण प्रहरी अधिकारीहरुमाथि थप नयाँ अभियोगहरु लगाइएको छ ।

डिरेक चौभिन नामक गोरा जातिका प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा आफनो घुँडाले थिचिरहेको भिडियो सार्वजनिक भएपछि यसअघि नै उनी लगायत अन्य प्रहरीलाई जागीरबाट वर्खास्त गरिसकको छ ।

अदालतको दस्तावेजमा डिरेकविरुद्ध दोश्रो डिग्रीको हत्या अभियोग लगाइएको छ । यसअघि अभयोग नलगाइएका अन्य तीनजना प्रहरी अधिकारी माथि पनि हत्याका लागि सहयोग गरेकोबारे थुप्रै किसिमका अभियोग लगाइएको बताइएको छ ।

फ्लोइडको हत्यालाई रंगभेदको नाम दिँदै अहिले अमेरिकाभरि व्यापक आन्दोलन चर्किरहेको छ । यसैबीच हत्या अभियोग लगाइएका चौभिनसंग पारपाचुके लिन उनकी पत्नीले कानुनी प्रक्रिया अघि बढाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्