पशु बजारमा गोली चल्यो



कोमिपएन्गा,एजेन्सी ।

पुर्वी बुर्किना फासोको एउटा चौपाया बजारमा भएको गोलीकाण्डमा करिव तिसजना मानिसको ज्यान गको प्रहरीले जनाएको छ ।

शनिवार अपरान्ह मोटरसाइकलमा आएका बनदुकधारीहरुले कोम्पिएन्गा स्थित सो बजारमा भिडमाथि अचानक अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शी र स्थानिय बासिन्दाले बताएका छन् ।

यस घटना पछाडि कसको हात छ भन्ने स्पष्ट भइसकेको छैन । तर पछिल्ला केहि समय यता बुर्किना फासोमा जिहादी हिंसा र साम्प्रदायिक घटनामा वृद्धि हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्