पोईल गएपछि छोरीको हत्या


तेहरान,एजेन्सी ।

एकजना पाको उमेरका पूरुषसंग पोइल जाने आफ्नी किशोरी छोरीको पिताद्वारा सामाजिक प्रतिष्ठाको नाममा भएको हत्यालाई लिएर इरानमा ठूलै तनाव सिर्जना भएको छ ।

पुरुष प्रधान समाज रहेको इरानको यस संस्थागत हिंसाको स्थानिय संचार माध्यमले निकै विरोध जनाएको छ । इरानी अखवार इव्तेकारले पहिलो पृष्ठमा नै ‘ असुरक्षित पिताको घर ’ शिर्षकमा खवर छापेको छ । स्थानिय संचार माध्यमका अनुसार गत २१ मेमा उत्तरी गिलान प्रान्तको तालेश शहर स्थित आफ्नै घरमा सुतिरहेकी रोमिना आसराफीको उनकै पिताले टाउको काटेर हत्या गरेका थिए ।

आफुभन्दा १५ वर्षले जेठो व्यक्तिसंग पिताले विवाह गर्न अनुमति नदिएपछि रोमिनाले भगेर विवाह गरेकी थिइन् । तर उनका पिताले यसबारे प्रहरीलाई उजुरी गरेपछि उनी अन्तत घर फर्केकी थिइन् । इरानमा महिलाहरुको वैधानिक रुपमा विवाह गर्नका लागि १३ वर्ष पुगेको हुनुपर्छ । छोरी मार्ने पितालाई तीनदेखि दश वर्ष सम्म कैद संजाय हुनसक्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।