भारतमा लकडाउन अझै खुकुलो हुने



नयाँदिल्ली,एजेन्सी ।

भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको वर्तमान परिस्थितीको वावजुद भारत सरकारले त्यहाँ हाल कार्यान्वयनमा रहेको कडा लकडाउनलाई थप खुकुलो पार्दै लैजाने योजनाहरु घोषणा गरेको छ ।

तीन चरणको यस योजना अनुरुप आगामी ८ जुनदेखि भारतका अधिकांश स्थानमा रेस्टुरेन्ट , होटेल , सपिंग सेन्टर र प्रार्थनास्थलहरु खोल्ने अनुमति दिइने भएको छ । त्यसको केहि साता पछि अर्थात संभवत जुलाइ महिनामा बिद्यालय तथा कलेजका पढाइ पुन सुचारु गरिन सकने बताइएको छ ।

तर कोभिड १९ को अवस्था निकै गम्भीर रहेका स्थानहरुमा भने लकडाउन अझै पनि कडा नै गरिने सरकारी अधिकारीहरुले बताएका छन् । अहिलेसम्मको तथयांक अनुसार एकैदिनमा सबैभन्दा बढि अर्थात् शनिवार झण्डै आठ हजार जना नयाँ संक्रमित फेला परेका थिए ।

कूल करिव १ लाख ७४ हजार ५ सय संक्रमित देखिएको भारतमा अहिले समम झण्डै ५ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्