डब्ल्युएचओ आर्थिक संकटमा



वासिंगटन,एजेन्सी । विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग हुने घोषणापछि संयुक्त राष्ट्र्रको यो संस्थामा आर्थिक संकट देखिन थालेको छ । यस संस्थालाई सबैभन्दा धरै कोष अमेरिकाबाट प्राप्त भइरहेको थियो । राष्ट्र्रपति डोनाल्ड ट्रम्पले धेरै पटक डब्ल्युएचओ विरुद्ध सार्वजनिहरुमा आलोचना गर्दै आइरहेको छ ।

अमेरिकामा कोरोना संकट गहिरिँदै गएपछि उनले उक्त संस्थामाथि चीनको हितमा फैसला लिने गरेको आरोप लगाएको हो । ट्रम्पले डब्ल्युएचओ र चीनलाई विश्वभरी कोरोनाबाट भएको मृत्युका लागि जिम्मेवार ठहर्याउँदै भने – वार्षिका मात्र ४ करोड डलको मद्दत दिएर पनि चीनको डब्ल्युएचओमाथि पुर्ण नियन्त्रण छ ।

अर्को तर्फ अमेरिका यसको तुलनामा वार्षिक ४५ करोड डलर मद्दत गरिरहेको छ । यद्दपी संस्था आवश्यक सुधार गर्न असफल रहेको त्यसैले आजबाट हामी डब्ल्युएचओसँग आफनो सम्बन्ध समाप्त गर्न गइरहेका छौं । विश्वा स्वास्थ्इ संगठनका प्रमुख ट्रेडोस एडरेनाम गेबरेयससले सन् २०१७ मा डब्ल्युएचओको नेतृत्व सम्हालेको थियो ।

उनलाई यो पद चीनको पैरवी गरेकोमा प्राप्त भएको बताइन्छ । त्यसैले उनलाई चीन परस्त निर्णय लिइरहेको आरोप लागेको छ । ट्र्रेडोस पहिलो अफ्रिकी हुन जो डब्ल्युएचओको प्रमुख बनेको हो । विश्व स्वास्थ्य संगठनलाई आवश्यक धनरासीको २२ प्रतिशत हिस्सा अमेरिकाले बेहोर्दै आइरहेको थियो ।

अन्य स्रोतका रुपमा संस्थाले भोलेन्टरी कन्ट्रिब्युसनका रुपमा पनि मद्दत प्राप्त गर्छ । यो कोष एक निश्चित प्रोग्रामका लागि दिइन्छ । विश्व संस्थाले यो कोषको प्रयोग जुन कामका लागि प्राप्त भएको हो त्यसैमा मात्र प्रयोग गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्