चिनियाँ वैज्ञानिकहरु नयाँ कोरोना खोपप्रति ९९ प्रतिशत आश्वस्त



बेइजिंग,एजेन्सी ।

कोरोना भाइरसको खोपमा काम गरिरहेका चीनका अनुसन्धानकर्ताहरु खोपले काम गर्नेमा ९९ प्रतिशत आश्वस्त रहेका बताइएको छ । वेइजिंगको सिनोभेक फेज २ परीक्षण मै छ र यसमा १ हजार भन्दा धेरै स्वयंमसेवक आबद्ध भएका छन् । सिनोभेकले एकेडेमिक जर्नल साइन्समा प्रकासित शोधमा भनेको छ , यो खोप कोरोनाभेक बाँदरलाई कोविड १९ संक्रमणबाट बचाउनमा सफल भएको छ ।

चीनको एसेस्ट सुपरभिजन एन्ड एडमिनिस्ट्र्सन कमिसनका अनुसार चीनमा बनाइएको यो कोरोना खोप बर्षको अन्त्य सम्ममा बजारमा आउने छ । स्काइन्यजुका अनुसार खोपमा आबद्ध अनुसन्धानकर्तालाई खोपमा ९९ प्रतिशत विश्वास छ कि यो असरदार हुनेछ । शोधपत्रमा  खोपको सबैभन्दा धेरै डोज दिइएको बांदरमा सबैभन्दा राम्रो नतिजा देखिएको उल्लेख गरिएको छ ।

लेखमा भनिएको छ, भाइरस दिएको ७ दिनपछि सम्म पनि त्यसमा भाइरस देखिएन । यो भन्दा कम डोज दिएको बाँदरमा केही कम भाइरस प्राप्त भएको तर त्यसबाट धरै इन्फेक्सन भएन । सिनोभेक मानवमा परीक्षण गर्न अझै बाँकी नै छ ।

खोपको सफलतामा अहिल्यै केही भन्नु कठिन हुने सिनोभेककी वरिष्ठ निर्देशक इन्भेस्टर रिलेसन्स हेलेन यांगले बताइन् । उनले भनिन् – अहिलेसम्म अनिश्चितता नै छ , तर आंकडाको नतिजा राम्रो छ । कम्पनी चीनमा मात्र नभइ सम्पुर्ण विश्वमा परीक्षणसँगै समाधान पुर्याउने विचारमा रहेको यांगले बताइन् ।

यसबीच चीनमा कोरोना पोजिटिव विरामीको संख्या अत्यन्तै न्युन भइसकेकोले खोप विकासमा चीन समक्ष अर्को ठुलो समस्या आएको छ । त्यसैले फेज ३को मानव परीक्षणका लागि अर्को देशमा जानु पर्ने बाध्यता आएको छ ।

चीनमा खोपको बिना परीक्षण नै प्रयोग गर्ने योजनामा काम शूरु भइसकेको छ । बर्षको अन्त्यसम्ममा यो खोप पुर्ण रुपमा परीक्षण हुन सकेन भने पनि यो नागरिकहरुमा प्रयोग हुने छ । यो योजनामा अहिले काम भइरहेको छ र ककस्लाई खोप दिन सकिन्छ तय गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्