अश्वेत-हत्याको विरोध प्रदर्शनका कारण ह्वाइट हाउस बन्द



मिनिसोटा (एजेन्सी) ।

अमेरिकामा अश्वेत ब्यक्ती जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकामा देशब्यापी विरोध प्रदर्शन भइरहेको छ । वासिंगटन स्थित ह्वाइट हाउस बाहिर पनि शुक्रबार हजारौंले प्रदर्शन गरेपछि ह्वाइट हाउस बन्द गरियो । प्रदर्शनकारीहरुले घटनामा जिम्मेवार प्रहरी विरुद्ध कारवाही गर्न माग गरिरहेका छन् ।

मिनिपोलिसमा मे २६ मा फ्लोयडलाई प्रहरीले जालसाजीको आरोपमा गिरफ्तार गरेको थियो । यसअघि एक प्रहरी अधिकृतले फ्लोयडलाई सडकमा घुडाको बलले करिब ८ मिनेटसम्म घाँटी थिचेका थिए । फ्लोयडको हातमा हतकडी थियो । उक्त घटनाको भिडियो भाइरल पनि भएको थियो । यसमा ४० बर्षका जर्ज लगातार प्रहरीसँग घुँडा हटाउन आग्रह गरिरहेका थिए । उनले,’तपाईको घुँडा मेरो गर्धनमा पर्यो, मलाई स्वास फेर्न गाह्रो भइरहेको छ’ भनिरहेका थिए । विस्तारै विस्तारै उनी हलचल गर्न नसक्ने बनेका थियो । त्यसपछि अधिकृतले,’उठ, गाडीमा बस, ‘भनेका थिए । तर उनको कुनै प्रतिक्रिया आएको थिएन । यस क्रममा वरीपरी धेरै भिड जम्मा भइसकेको थियो । उनलाई तत्काल अस्पताल लिएर गएको र त्यहाँ उनको मृत्यु भएको थियो ।

उक्त भिडियो भाइरल भएपछि न्युर्योक, क्यालिफोर्निया र मिनिसोटामा प्रदर्शन भएको सन्चारमाध्यमहरुले जनाएको छ । कयौं ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भयो । वासिंगटन र ह्वाइट हाउस बाहिर प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गर्नु परेको थियो ।

मिनिसोटा राज्यको मिनिपोलिस सहरमा दंगा भड्केको छ । प्रदर्शनकारीहरुले प्रहरी स्टेसन तोडफोड गरेपछि आगजनी गरेको छ । केही स्थानमा लुटपाट भएको छ । स्थिति विग्रेपछि त्यहाँका गभर्नर टिम वाल्जले संकटकाल लगाएको छ । न्युयोर्कमा पनि प्रहरी ज्यादती विरुद्ध प्रदर्शनमा कयौंलाई गिफ्तार भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दंगाकारीलाई चेतावनी दिएको छ । यदि लुटपाट भएमा आफुले गोली चलाउने प्रहरीले चेतावनी दिएको हो ।

ट्र्रम्पले शुक्रकार अमेरिकी ब्यवसायीहरुसँगको राउन्डटेबल बैठकमा भने – मैले फ्लोयडको परिवारसँग कुरा गरेको छु । यस घटनालाई लिएर मैले दुख ब्यक्त गरेँ । यो अत्यन्तै भयावह थियो । यो एक त्यस्तो घटना थियो, जसका लागि कुनै बहाना चल्दैन ।

प्रतिक्रिया दिनुहोस्