चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक



वासिंगटन (एजेन्सी) ।

कोरोना संकटले रोक्ने नाम नलिइरहेको र अमेरिकी राष्ट्रपति चुनाव नजिकि रहँदा अमेरिका र चीनबीचको तनाव झन गहिरिएको छ । यस क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध आफना कडा निति अख्तियार गर्दै केही चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । साथै अमेरिकामा चीनबाट हुने लगानीको नियम पनि कडा गर्ने उनले निर्णय गरेको छ । केही दिन अघि मात्रै अमेरिकी कांग्रेसमा चीन विरुद्ध कडा कदम उठाउन सक्ने सम्बन्धमा एक विधेयक पारित भएको थियो ।

ह्वाइट हाउसमा सन्चार माध्यमलाई सम्बोधन गर्दै चीनको नयाँ सुरक्षा कानुनको जवाफमा आफु हंगकंगसँगको विशेष ब्यापार सम्झौता समाप्त गर्न गइरहेको ट्रम्पले बताए । साथै अमेरिका आफना नागरिकलाई हंगकंगको यात्राका लागि नयाँ यात्रा सुझाव जारी गर्ने उनले बताए ।

ट्रम्पले चीन विरुद्ध आक्रामक हुँदै विश्वले चीनबाट जवाफ चाहेको बताए । फेरी एक पटक कोरोनालाई चीनको वुहान भाइरस बताउँदै उनले भने – चीनले वुहान भाइरस लुकाएर कोरोनालाई पुरै विश्वमा फैलिन दिए । यसले विश्व महामारी उत्पन्न भयो ,जसले १ लाखभन्दा धेरै अमेरिकी नागरिकको ज्यान लिएको छ । पुरै विश्वमा लाखौंको यस भाइरसबाट मृत्यु भइसकेको छ ।

पुरानै अडान दोहोर्याउँदै राष्ट्रपति ट्रम्पले चीनमाथि बौद्धिक सम्पदाको चोरी गरिरहेको आरोप लगाए । चीनले अमेरिकाबाट अर्बौं डलर कमाएको तर अमेरिकीलाई रोजगारी नदिएको उनले बताए । चीनले विश्व ब्यापार संगठनलाई लिएर आफना प्रतिबद्धताको पनि उलंघन गरेको ट्रम्पले आरोप लगाए ।

ट्रम्पले इन्डो प्यासिफिक क्षेत्रमा गैरकानुनी रुपमा द्विपको निर्माण गरि आफनो दावी गरिरहेको आरोप लगाए । यो स्वतन्त्र आवागमन तथा अन्तराष्ट्रिय समुद्री ब्यापारका लागि खतरा छ । साथै चीनले हंगकंगको मुद्दामा पनि आफना प्रतिबद्धता तोडेको ट्रम्पले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्