ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले गर्यो क्यालेन्डर हेरफेर



लन्डन, एजेन्सी ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) ले बार्षिक क्यालेन्डरमा हेरफेर गरेको छ ।

कोरोना भाइरस महामारीका कारण वार्षिक रुपमा गरिने प्रतियोगिता प्रभावित भएपछि बिडब्लुएफले क्यालेन्डरमा प्रतियोगिता आयोजनाको तालिकामा हेरफेर गरेको हो । बिडब्लुएफले केही दिन पहिले कोरोनाले प्रभावित भएका प्रतियोगिताका लागि नयाँ मिति सहितको क्यालेन्डर सार्वजनिक गर्ने बताएको थियो ।

नयाँ क्यालेन्डर अनुसार कोरोना भाइरसको कारण ढिलाइ वा रद्द भएका टूर्नामेन्ट २०२१ को पहिलो १७ हप्ताभित्र सम्पन्न गर्ने योजना छ । अब ओलम्पिक कोटाको लागि २०२१ मा आयोजना हुने प्रतियोगिताको अंकलाई आधार मानिने छ । तर, विश्व वरियताको सन्दर्भमा भने हालको सूची नै कायम रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्