टिकटक मार्फत पुनर्मिलन



नयाँदिल्ली,(एजेन्सी) ।

गरिबलाई सहयोग पुर्याउन प्रोत्साहित गर्न बनाइएको टिकटक भिडियो बनाइँदा एउटा अनपेक्षित सुखद परिणाम निस्केको छ । सो टिकटक मार्फत एकजना पुरुषको आफ्नो परिवारसंग पुनर्मिलन भएको छ ।

दुई वर्ष अघि हराएका आर वेंकटेसवार्लुलाई तेलंगना स्थित उनको घर भन्दा २ हजार किलोमिटर टाढाको एउटा फ्लाइओभर मुनि बनाइएको भिडियोमा उनी देखिएका हुन् । टिकटकमा देखेपछि उनका एकजना साथीले उनको परिवारलाई खवर गरेका थिए ।

उनको परिवारले पुनरमलनमा सहयोग लिन उत्तरी पंजाव राज्यको प्रहरीसंग सम्पर्क गरेका थिए । उनका पिताले विविसिलाई भनेका छन् , ‘ बोल्न र सुन्न नसक्ने उहाँ दक्षिणी भारतिय राज्य तेलंगनाको एउटा गाउँमा बस्नुहुन्थ्यो । मजदुरी गने उहाँका म मेत पाँचजना सन्तान छन् ।

सन् २०१८ को अप्रिलमा एउटा ट्रकमा बसेर अर्को गाउँमा काम गर्न जाने क्रममा निंदाउन पुग्दा उहाँ अन्जान स्थानमा ओलन बाध्य हुनु भएको रहेछ । त्यतिबेला सम्म पनि घर फर्कने आशमा अर्को ट्रमा चढ्दा दुर्भाग्यवश उहाँ चढ्नु भएको ट्रक झन विपरित दिशा तर्फ गुडेको रहेछ । ’

प्रतिक्रिया दिनुहोस्