१ सय ११ वर्षीयाले जितिन कोराना



सान्टियागो,(एजेन्सी) ।

हुआना जुनिगा नामक १ सय ११ वर्षीया महिला कोभिड १९ संक्रणको उपचार पछि पूर्णत स्वस्थ हुने दक्षिण अमेरिकी मुलुक चिलीको पहिलो सबैभन्दा जेष्ठ नागरिक भएकीछिन् । आफु बसेको केयर होममै उनी संक्रमित हुन पुगेकी थिइन् ।

संक्रमित हुनु अघि नै श्वास प्रश्वासको समस्या भोगिरहेकी उनलाई कोरोना भाइरसले गम्भीर आक्रमण नगरेको अस्पतालको सुत्रले जनाएको छ । उनीमा सामान्य ज्वरोको लक्षण मात्र देखिएको केयर होमका निर्देशक म्यारिया पाज सार्डोले भनेकीछन् ।

उनलाई केयर होमबाट लगेर अन्यत्र आइसोलेसनमा राख्न लाग्दा अलि कठिन भएको बताइएको छ । उनी संगै बसिरहेकी उनकी बहिनीको छ वर्ष अघि निधन भएयता उनी राजधानी सान्टियागो स्थित केयर होममा बस्दै आएकी हुन् ।

गत अप्रिलमा सो होममा रहेका अठार मध्ये सातजना कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनी २८ दि आइसोलेसनमा बसेपछि निको भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्