जुन १ देखि स्कुल खोल्ने जोनसोनको घोषणा



लन्डन (एजेन्सी)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुन १ देखि प्राइमरी स्कुल खोल्ने घोषणा गरको छ । देशको अर्थब्यवस्था शूरु गर्ने तर्फको यो पहिलो कदम भएको उनले बताए ।

सार्थ जुन १५ देखि शूरु हुने परीक्षालाई ध्यानमा राख्दै माध्यमिक विद्याथीका लागि सम्पर्क शुरु गरिने उनले बताए । यसतो अन्य देखले पनि गरेका र यसरी नै विद्यार्थीलाई कक्षमा पठाउन थालनी गर्न आवश्यक भएको उनले बताए । सरकारले सिक्षक संगठन र हेड टिचर्ससँग यस विषयमा राय लिइरहने जोनसनले बताए ।

बोरिसले भने ( सामाजिक दुरी सम्भव नहुने कुरा सही हो, विशेष गरी साना बच्चालाई पढाउनमा । तर सरकारले निर्देश जारी गरेका छ, जसले शिक्षकहरुलाई मद्दत मिल्नेछ । चाँदै गैर आवश्यक रिटेल पसलहरु पनि खोल्ने तयारी भइरहेको छ ।

स्थितिमा सुधार भइरहको तर केही बिशेष स्थितिमा यो निर्भर हुने जोनसनले बताए । बेलायतलाई संक्रमण दर १ प्रतिशत भन्दा तल राख्नु आवश्यक भएको उनले बताए ।

यसबीच जोनसनले आफना साथी तथा सल्लाहकार डोमिनि कमिंग्सले कोरोना भाइरस लकडाउन उलंघन गरेको विवादमा उनको खुलेर समर्थन गरेको छ । यस घटनालाई लिएर उनी आलोचनाको सिकार भइरहेका छन् ।

कमिंग्सले जिम्मेवारी पुर्वक कानुनको दायरमा रहेर आफनो काम गरेको र उनको मुख्य उद्देश्य कोरोना फैलिनबाट रोक्नु र जीवन बचाउनु रहेको जोनसनले डाउनिंग स्ट्रिटमा सन्चारमाध्यमहरु समक्ष बताए । गत मार्चको अन्त्यतिर कमिंग्स लन्डको डरहममा गएका थिए जसलाई लिएर प्रश्न उठाउँदै कारवाहीको माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्