पाकिस्तान विमान दुर्घटना : विमानको ब्ल्याक बक्स भेटियो



कराची (एजेन्सी) ।

कराचीको जिन्ना इन्टरनेसनल विमानस्थलमा अवतरण पुर्व दुर्घटना ग्रस्त भएको विमानको ब्ल्याक बक्स फेला परेको छ । अब यसको सहयोगम दुर्घटना पुर्व विमानमा के भएको हो थाहा पाउन सकिनेछ ।

शुक्रबार अपराह्न लाहौरबाट कराची गइरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान आवास क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । उक्त घटनामा कम्तिमा ९७ जनाको मृत्यु भएको थियो भने दुई जना बचेका थिए ।

विमान बस्तीमा ठोक्किनु पुर्व तीन पटक अडकिंदै तल माथि गरेको बचेका दुई मध्य एक यात्रीले बताए । उक्त विमान दुर्घटनाको सीसीटीभी फुटेज पनि बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्