राष्ट्रपतिको गलत नितिले ब्राजिलमा कोरोना नियन्त्रण बाहिर



ब्रासिलिया, (एजेन्सी) ।

विश्वमा खरो र प्रष्टवक्ता नेताहरु मध्यको एक ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोविड १९ विश्व महामारीलाई लिएर गरेका प्रतिक्रियाका कारण चर्चामा रहेका थिए । अहिले देशमा यस भाइरसको संक्रमण अनियन्त्रित देखिएपछि उनी कडा आलोचनाका पात्र बनिरहेको छ ।

खरो र प्रष्टवक्ता हुनु आफैमा नराम्रो नहोला तर ज्ञानको अभाव तथा आफनो क्षेत्र भन्दा बाहिरको विषयमा पनि त्यही स्वभाव देखाउनु नोक्सानदायी हुने पक्का छ ।

कोरोना महामारीको विश्वब्यापी संक्रमणलाई लिएर अपनाउनु पर्ने नितिलाई लत्याउँदै त्यसको दुष्परिणामलाई कम आंकलन गर्दा ब्राजिलमा कोरोना भाइरस संक्रमण अनियन्त्रित हुन पुगेको छ । राष्ट्रपति बोलसोनारो डराउँदैन भन्ने कुरा कोरोनालाई थाहै भएन, यसतै भनिरहेका छन्, ब्राजिल जनता ।

कोरोना भाइरस संक्रमणको मामिलामा अमेरिकापछि ब्राजिल विश्वको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । ब्राजिलमा अअिलेसम्म ३ लाख २० हजार ८ सय ९० संक्रमित पुष्टि भइसकेको छ । यसअघि रुस दास्रो सबैभन्दा धेरै प्रभावित देश थियो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार त्यहाँ १ हजार १ को मृत्यु कोविड १९ का कारण भएको जानकारी दिए । देशमा अहिलेसम्म २१ हजार ४८ जनाले यस भाइरसका कारण ज्यान गुमाइसकेको छ । ब्राजिलको साओ पाउलो शहर यस महामारीबाट सबैभन्दा प्रभावित भएको छ ।

साओ पाउलोमा फारमोसा चिहानमा लाइन का लाइन खनिएका चिहानको भिडियो बाहिर आइरहेको छ । अति दक्षिणपन्थी राष्ट्रपति जायर बोलसानारोको सरकारले जसरी कोविड १९ महामारीलाई लिएर काम गरेको छ, त्यसका लागि चारै तिरबाट उनको आलोचना भइरहेको छ । परिवर्तित स्थितिमा ब्राजिल एक राजनितिक संकट तर्फ बढिरहेको छ, जसको केन्द्रमा राष्ट्रपति बोलसोनारो आफै छन् ।

उनले सामाजिक दुरीको कदमको विरोध गरिरहेका छन्, कोविड १९ को उपचारमा सही छ वा छैन भन्ने प्रमाणित नै नभएको क्लिोक्विन जस्ता औषधीको प्रयोग गर्न वकालत गरिरहेका छन् । आफनै सरकार अन्तर्गतको स्वास्थ्य विभागका अनुभवी अधिकारीहरुसँग उनको मतभेद बाहिर आइरहेको छ ।

यसले कुनै बेला सेनाका अधिकृत रहिसकेका बोलसोनारोको लोबप्रियता तिब्र रुपमा खस्केको छ ।

 

प्रतिक्रिया दिनुहोस्