नोभेम्बर सम्ममा अमेरिकाले कोभिड १९ संक्रमणबाट मुक्ती पाउने



लन्डन (एजेन्सी) ।

कोरोना भाइरस संक्रमण रोक्न सक्छ र रोकिन्छ भन्ने तथ्य चीन, दक्षिण कोरिया लगायतका केहि देशहरुले अपनाएको रोकथामका नमुनाले प्रमाणित गरिसकेको छ । तर उनीहरुको उपाय पछ्याउन बाँकी विश्वलाई सहज नभइरहेकोले अहिले महामारीको यो स्थिति उत्पन्न भइरहेको छ । विशेष गरी लकडाउनमा बन्द हुनका कारण यो चिन्ताले सबैलाई गाँज्न थालेको छ । अब वैज्ञानिकहरुले विश्वका केही प्रमुख देशहरुमा कोरोना कहर कहिले सम्म रहन सक्छ भन्ने अनुमान लगाएका छन् , सिंगापुरको युनिभर्सिटी अफ टेक्नोलोजीको इनोवेसन ल्याबका अनुसार बेलायतमा कोविड १९ को संकट सेप्टेम्बर ३० सम्म रहनेछ ।

उक्त संस्थाले अमेरिकामा यो भाइरसको कहर अन्त्य हुन नोभेम्बर ११ सम्मको समय लाग्ने र इटालीमा यो अगस्ट १२ सम्ममा अन्त्य हुने जनाएको छ । सिंगापुरले जुलाइ १९ सम्ममा कोरोना भाइरसबाट मुक्ती पाउने छ । यो सबै तिथि बर्तमान स्थिति, इन्फेक्सन रेट र मृत्युको आंकडाको आधारमा निकालिएका हुन् । त्यसैले यी मानकमा फरक हुने र तिथिमा हेरफेर हुने सम्भावना छ । केही दिन अगाडी विज्ञहरुले बेलायतमा जुन सम्ममा कोरोनाका कारण मृत्यु हुने क्रम समाप्त हुने अनुमान लगाएका थिए ।

एसयुटीले यो अनुमानसँगै चेतावनी पनि जारी गरेको छ । मोडल तथा डाटा फरक फरक देशको अवस्थाका आधारमा धेरै जटिल छ र परिवर्तन पनि भइरहेको छ । यसलाई लिएर स्पष्ट अनुमान लगाउन कठिन हुने विज्ञहरुले बताएका छन् । पहिले नै संकटबाट निजात पाउने तिथिलाई अन्तिम मानेर धरै उत्साहित हुन नहुने जनाएको छ । यसले नागरिकमा यसलाई लिएर उनीहरुको गम्भिरतामा कमी आउने र भाइरसलाई नियन्त्रण गर्नका लागि आवश्यक कदम उठाउन बन्द गर्न सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

केहि दिन अघि बेलायती अधिकारी आलोक शर्माले बेलायत कोविड १९ को खोप निकाल्नमा सफल नहुने सम्भव भएको बताएक थिए । एक नियमित प्रेस सम्मेलनमा उनले भने -‘ हाम्रा वैज्ञानिकहरुको अथक प्रयासका बावजुद यो सम्भव छ कि हामीलाई कहिल्यै सफलतापुर्वक कोरोना भाइरसको भ्याक्सिन प्राप्त नहोउन् ।’

प्रतिक्रिया दिनुहोस्